पोखरा, १५ जेठ । सृजना विकास केन्द्र, सिमलचौर पोखरा-८ को आयोजनामा मंग्ालबार खुला दौड प्रतियोगिता एवं रक्तदान कार्यक्रम भएको छ।
११ औं गणतन्त्र दिवस अवसर अवसरमा भएको दौड प्रतियोगितामा फूलबारी व्यारेकका रामजी बस्नेत प्रथम भएका छन्। निर्धारित ८ किमीको सो दौड बस्नेतले २४ मिनेट ५८ सेकेण्डमा पूरा गरी प्रथम हुन सफल भएका हुन्। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।
प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राई दोस्रो र नेपाली सेनाका सुवास कार्की तेस्रो भए। उनीहरुले २५ मिनेट ३४ सेकेण्ड तथा २५ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गर्दै क्रमशः ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए।यस्तै, चौथो र पाँचौ भएका रणसिंह दलका इश्वर श्रेष्ठ र पोखराका राजेन्द्र तामाङले जनही ३ हजार रुपैयाँ पाए। कुल ६० जना सहभागी रहेको दौडमा एकमात्र महिला सहभागी फूलबारी व्यारेककी बासना थापा तथा जुनियर प्रोत्साहन स्वरुप स्माइल भण्डारी, विनोद गुरुङ, प्रवीण तामाङलाई जनही १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको संस्थाका कोषाध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए। कार्यक्रम संयोजन विक्रमकुमार खिचाजुले गरेका थिए।
सिठ्ठी फुकेर दौड प्रतियोगिता उद्घाटन गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले शहीदको सपना साकार पार्दै प्रदेश विकास र समृद्धिको दिशामा अगाडि बढ्ने बताइन्।
त्यस्तै मन्त्री पुनले संस्थाका प्रथम उपाध्यक्ष कृष्ण थापालाई ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम उद्घाटन गरिन्। पत्रकार समेत रहेका थापाले हालसम्म ५६ पटक रक्तदान गरेका छन्। कार्यक्रममा ३५ जना यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक राजकुमार ठुसाजुले जनाए। संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९