पोखरा, १४ जेठ । एकसातादेखि बन्द मनिपाल शिक्षण अस्पताल खुलाउन प्रदेश सरकारले चासो देखाएको छ। अस्पताल तुरुन्त खुलाउन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार निर्देशन दिएका हुन्। अस्पतालजस्तो संवेदनशील सेवामा पनि व्यक्तिगत मागका कारण सेवा ठप्प हुनु दुःखद् भएको भन्दै उनले जतिसक्दो छिटो खुलाउन सामाजिक विकास मन्त्री नरदेवी पुनलाई निर्देशन गरेका हुन्।
लामो समयदेखि अस्पताल बन्द रहेको भन्दै नागरिक समाजको टोलीले सोमबार मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रीलाई दबाब दिएका थिए। मन्त्री पुनले भने मंगलबार बिहान ९ बजे अन्तिम छलफल गरेर अस्पताल खोल्न निर्देशन दिने बताइन्। आफूले यसअघि नै अस्पताल खोल्न अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारी पक्षलाई आग्रह गरे पनि अटेर गरेकाले मंगलबार पुनः छलफल गरेर खोल्न निर्देशन दिने बताइन्।
अस्पताल प्रशासनले फार्मेसीमा अनियमितता र अस्पतालको गोपनियता भंग गरेको भन्दै ४ जना कर्मचारी निष्कासन गरेपछि अस्पतालमा रहेका ३ वटा ट्रेड युनियनको आहृवानमा अस्पताल गत सोमबारदेखि बन्द छ। आकस्मिकबाहेक अन्य सेवा चलेको छैन।
यता, माग पूरा नभएसम्म कर्मचारी आन्दोलन नछोड्ने अडानमा छन् ।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९