पोखरा, १४ जेठ । पोखराको न्यूरोडस्थित गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालिले खेलकुद पत्रकार मञ्च कास्कीलाई तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड-२०७४ सर्न्दर्भमा टिसर्ट सहयोग गरेको छ।
प्रालि सञ्चालक चीनु गुरुङले मञ्चका अध्यक्ष केशव पाठकलाई सोमबार आयोजिक एक समारोहमा टिसर्ट हस्तान्तरण गर्दै महत्वपूर्ण कार्यक्रममा जोडिन पाएकोमा खुशी ब्यक्त गरिन्।
पोखरा उद्योग वाणिज्य संघ सदस्य समेत रहेकी गुरुङले कम्पनीतर्फबाट हरेक वर्ष निरन्तर सहयोग गर्ने गरी सम्झौता समेत गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले मञ्चको अवार्ड कार्यक्रम प्रशंसनीय रहेको जनाउँदै अन्यले पनि सक्दो सहयोग गर्नुपर्ने बताइन्।
मञ्च अध्यक्ष पाठकले सहयोगप्रति आभार प्रकट गर्दै खेलकुद पत्रकारको संस्थाले पोखरामा विगत ३ वर्षदेखि अवार्ड समारोह गर्दैआएको बताए ।
सो अवसरमा मञ्च उपाध्यक्ष समेत रहेका अवार्ड संयोजक दीननाथ बराल, कार्य समिती सदस्य नारायण शाही लगायतको उपस्थिति थियो। वितरित टिसर्ट शाहस स्पोर्ट्स काठमाडौंले बनाएको हो।
यही जेठ १८ गते पोखरा सभागृहमा मञ्चले अवार्ड समारोह गर्दैछ । विभिन्न विधाअन्तर्गत वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी, करण केसी र तिलक पुनमगर तथा महिलातर्फ बिमला नेपाली, कमला पुन र केशरी आलेमगर मनोनयनमा परेका छन् । वर्ष खेलाडी पुरुषलाई र महिलालाई क्रमशः टिभिएस अपाचे मोटरसाइकल र स्कूटर दिइनेछ ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडीको मनोनयनमा विवेक अधिकारी, बुद्धिमाया मगर ‘कविता’, मेगबहादुर सेन, वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे, रिजन प्रजु र शिवबहादुर गुरुङ मनोनयनमा परेका छन्। लाइफ टाइम अचिभमेन्ट अवार्डबाट प्राडा वीरेन्द्रसिंह गुरुङ सम्मानित हुनेछन् भने उत्कृष्ट खेल संघतर्फ जिल्ला ब्याडमिन्टन संघ र एक जना पत्रकार समेत पुरस्कृत हुनेछन् । कार्यक्रम युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको आतिथ्यमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९