पोखरा, १४ जेठ । सरकार गठन भएको वर्षदिन पुगेको अवसरमा पोखरा लेखनाथ महानगरपालिका ४ वडा समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
वडा समितिको पहिलो निर्णय अनुसार वाषिर्कीको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सोमबार ६४ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । केही ज्येष्ठ नागरिक छुटेकाले घरमै पुगेर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । उनीहरुलाई दोसल्ला, सम्मानपत्र र हर्लिक्स सहित सम्मान गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरका सहायक प्रशासकीय अधिकृत यामलाल अधिकारीले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण अहिलेको आवश्यक्ता रहेको भन्दै वडा ४ ले सुरुवात गरि प्रशसंनीय काम गरेको बताए ।
वडा ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु, समाजसेवी रामकृष्ण पराजुली, लागू औषध नियन्त्रण वडा समन्वय समिति संयोजक भगवती कोइराला (लला) लगायतले वडा ४ ले वर्षदिनभित्र धेरै राम्रा काम गरेको र जनप्रतिनिधिको भूमिका असल रुपले पूरा गरेको बताए । वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालयकी कर्मचारी सीता कोइरालाले गरेकी थिइन् भने स्वागत कार्यक्रम संयोजक तथा वडा सदस्य पुष्करबहादुर श्रेष्ठले गरेका थिए ।
कार्यक्रमपछि वृद्धवृद्धालाई पोखराको केदारेश्वर मन्दिर दर्शन गराई नगर परिक्रमा गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक
तीज महत्वविषयक प्रशिक्षण
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९