पोखरा, १४ जेठ। पोखरा ३३, भरतपोखरीको शुभतारा युवा क्लबले पहिलो पटक पोखरामा कविता कर्न्र्सट गरेको छ।
साहित्यिक राजधानी पोखरामा यसअघि साहित्यिक संस्थाले कविता कर्न्र्सट भए पनि युवा क्लबले गरेको यो कार्यक्रम पहिलो हो। सकारात्मक परिवर्तनका लागि साहित्य भन्ने मूल नारासहित भएको कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना कविता प्रस्तुत गरे।
युवापुस्तालाई एकीकृत गरी समाजसेवा र समाज परिवर्तनमा अग्रसर गराउन कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष विनय पौडेल बताउँछन्। ‘धेरै युवा बरालिएर हिडिरहेका छन्। अवसर पाउँदा काम गर्न सक्छन् भन्ने उदाहरण हामीले देखाएका छौं,’ उनले भने, ‘यो काम अरुले पनि सिकून्। समाज परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण छ।’
कवि पराजुलीले ह्याप्पी बर्थ-डे छोरा, सगरमाथाको गहिराइ लगायत बहुचर्चित ९ वटा कविता प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य विन्दुकुमार थापाले युवाको भूमिका सकारात्मक परिवर्तनको पक्षमा हुनुपर्ने बताए।
युवा क्लबले गरेका काम प्रशसंनीय भएको भन्दै उनले युवा अवस्थामा नै रुपान्तरणको अभियानमा लाग्न सके देशको समृद्धि सहज हुने बताए। क्लब अध्यक्ष विनय पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९