पोखरा, १३ जेठ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको यात्रा समृद्घकिो यात्रा रहेको बताएका छन्।
पोखराको रत्नचोकमा गण्डकी विकास बैंकको शाखा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन्। उनले आर्थिक समृद्धिको यात्रा पूरा गर्न बैंक तथा वित्तीय संस्थाहरुबीच सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए।
उनले अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र उद्योग व्यापार रहेको र वैकहरुले पनि यी क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने भन्दै बैंकको निरन्तर सफलताको लागि शुभकामना दिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी दिए।
बैंक संचालक बासुदेव त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोखरा लेखनाथ महानगर वडा ७ का अध्यक्ष रुद्रनाथ बराल, नेपाल राष्ट्र बैंक पोखराका कामु निर्देशक अमर अधिकारी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले लगायतले बोलेका थिए।
बैंकले चालु आव २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ र कर्जातर्फ १८ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए।
बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटिएम, एसएमए, सि-आस्वा, आइपिएस, मोवाइल बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवासमेत प्रदान गर्दैआएको छ। यस्तै न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्ध लघु वित्तकर्जा समेत प्रदान गर्दैआएको छ।
हाल बैंकका विभिन्न ठाउँमा १८ वटा शाखा निर्माणाधीन छन् । यसै आवमै सञ्चालनमा आउने ती शाखापछि सातै प्रदेशमा गरी ७७ वटा शाखा हुने सहायक प्रमुख कार्यकारी अधिकृत त्ाारानाथ लम्सालले जनाए।
Related News
सम्बन्धित समाचार
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
माघ १२, २०७९