लेखनाथ, १४ जेठ । सामाजिक अध्ययन मञ्च कास्कीमा पुनः टेकनाथ पौडेल चयन भएका छन्। मञ्चको हालै सम्पन्न पाँचौं अधिबेशनले टेकनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा बोधराज गौतम, सचिवमा गोबिन्द काफ्ले, सहसचिवमा सकुन्तला सोती, कोषाध्यक्षमा घनश्याम आचार्य चयन भएका छन् । यसैगरी, सदस्यहरुमा टिकाराम शर्मा, सन्दीप अधिकारी, तिलकप्रसाद काफ्ले, बिष्णुप्रसाद सुबेदी र डिलकुमारी पौडेल छन् । मञ्चको सल्लाहकारहरुमा दिनेश अर्याल, अम्बरबहादुर कुँवर र राजिब उपाध्याय छन्।
पोखरा लेखनाथ महानगरपालिकाका शिक्षा प्रशासन महाशाखा प्रमुख केदार आचार्यले अधिवेशनको उद्घाटन गरेका हुन्। आचार्यले सामाजिक दर्पण-३ को बिमोचनसमेत गरे । उपप्राध्यापक अमृतकुमार भण्डारीले सामाजिक दर्पण-३ को समीक्षा गरेका थिए ।
कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष डोलराज अर्याल, युनिप्स कास्कीका अध्यक्ष शान्तबहादुर गुरुङ, प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठ, इन्सेक पोखराका प्रमुख शिव खकुरेल, राष्ट्रिय मानबअधिकार आयोग पोखरा कार्यालय प्रमुख नितु गतौर्ला, संथापक अध्यक्ष र्सुय गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा राजु गुरुङ, यज्ञराज शर्मा र हरिकुमार श्रेष्ठलाई सामाजिक अध्ययनका क्षेत्रमा योगदान गरेको भन्दै मञ्चल सम्मान समेत गरेको थियो ।
अध्यक्ष टेकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गोबिन्द काफ्लेले स्वागत सामाजिक दर्पण-३ का सम्पादन मण्डलका संयोजक बोधराज गौतमले धन्यवाद तथा सचिव घनश्याम ओझाले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९