पोखरा, १३ जेठ । कक्षा १२ को परीक्षा भर्खरै मात्र सकियो। अब परीक्षाफल कुर्नुबाहेक अरु काम थिएन । मन मिल्ने साथीहरु कतै घुम्न निस्कने योजना बन्यो । स्कुलमा सँगै लामो समय पढेका साथीहरु विभिन्न क्याम्पसमा छरिएपनि दोस्ती उस्तै थियो । त्यसैले, स्कुले साथीहरु पोखरा घुम्न जान तयार भए । रामेछाप घर भई भक्तपुर र्सुयविनायक बस्ने १८ वषिर्य सुप्रिल लामा, सिन्धुली घर भई सोही ठाउँ बस्ने १८ वषिर्य बिशाल थापा, भक्तपुरका १९ वषिर्य मन्दिप महत, सो ठाउँका १७ वषिर्य शुशिल कुँवर र काठमाण्डौ सितापाइला घर भएका १७ वषिर्य अनिल रोक्कासहित ५ जना शनिबार मोटरसाइकलमा भक्तपुरदेखि पोखरा हुइँकिए ।
पोखरा आएर शनिबार राति लेकसाइडको होली हेभन होटलमा बिताए । आइतबार दिउँसो फेवाताल घुम्ने योजना बन्यो । मौसम राम्रो थियो । पाँच जनाले एउटा डुंगा लिए । आफै चलाएर ताल घुम्न थाले । दिउँसो ३ बजेतिर एक्कासी पानी पर्यो । हावाहुरी र पानीले फेवातालमा छाल उठ्ने गर्दछ । पाँचै जना सुरक्षामा सजग भएर लाइफ ज्याकेट, हेल्मेटसहित लगाएका थिए । तर, चट्याङले डुंगाको पाइडल खियाइरहेका सुप्रिललाई नै हान्यो । उनी तालमा खसे । अझैसम्म वेपत्ता छन् । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार बाँकी चार जनाको भने सकुशल उद्धार गरिएको छ । ‘सेफ्टी तरिकाले नै गएका हुन् । जब मन्दिरको उत्तरतिर गए खपौदी र पामेको बीच भाग फेवातालको शिरतिर पुगे । चट्याङ हानेर डुब्न पुगेको साथीहरुले बताएका छन् ।’ डीएसपी कार्कीले भने, ‘एपीएफको उद्धार टिम तत्काल पुग्दा चारै जना रोइरहेका थिए । एक जना डुबिसकेका थिए ।’
उद्धार गरिएका चारै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगियो । डीएसपी कार्कीका अनुसार खोजी गर्दा हेल्मेट र लाइफ ज्याकेट मात्र भेटियो । ज्याकेटको तुना नै चुँडिएर एउटा साथी डुबेको उनीहरुको भनाई छ । सशस्त्र प्रहरी, आर्मीको रेस्क्यु टिमसहित प्रहरीले दिनभर खोजी गरेपनि लामाको अवस्थाबारे थाहा हुन सकेको छैन । सोमबार बिहानैदेखि पुनः खोजी गरिने डीएसपी कार्कीले बताए । चार जना अहिले हस्पिटलको बेडमा छन् । सुप्रिललाई जीवित भेटिने आश त छैन तरपनि उनीहरुलाई लागिरहेको छ ‘सुप्रिल टुप्लुक्क आइदिए कति खुशी हुन्थ्यौं। घर परिवारका अगाडि जस्तो लिएर आएको, उस्तै लैजान पाए ∕’
दुइवर्ष अगाडि २०७३ साउन २४ गते काठमाण्डौबाट पोखरा घुम्न आएका सात जनामध्ये दुर्इ जनाको डुंगा पल्टिएर डुब्दा ज्यान गएको थियो। काठमाडौंका १९ वषिर्य प्रतिक श्रेष्ठ र २३ वषिर्य एलिन केसीको मृत्यु भएको थियो। पाँच जना मात्र बाँच्न सफल भएका थिए। दुर्घटनामा धेरैले ज्यान गुमाइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९