कृष्ण सेन इच्छुकको सम्झना

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७५

पोखरा, १३ जेठ ।कास्कीका संचारकर्मीहरुले पत्रकार तथा सहित्यकार कृष्ण सेन ‘इच्छुक’लाई सम्झना गरेका छन् । २०५९ जेठ १३ गते प्रहरी हिरासतमा हत्या गरिएका पत्रकार, साहित्यकार ‘इच्छुक’को १६ औँ स्मृतिमा पत्रकारले पत्रकारितामा अझै सुरक्षा चुनौतीहरु विद्यमान रहेको बताए । सेनका हत्याराहरुलाई कानूनी कारवाही गरेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने भनाई सहभागिले औँल्याए ।

नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले कम्युनिस्ट आदर्श र परिवर्तनका लागि बलिदान गर्नेहरुलाई कदर गरिने बताए । हालै बनेको नेकपाले परिवर्तन र समाजवादको नेतृत्व गर्ने उनको भनाइ छ । नेता गुरुङले भने, ‘हाम्रा लागि यो अवसर र चुनौती दुवै हो । सहिदका आदर्श विचलित हुन दिन्नौं ।’

लेखक सुरेश रानाभाटले र्ँइच्छुक’को जीवन र उनले अंगीकार गरेको दर्शनमा एकरुपता भएको उल्लेख गरे । र्ँइच्छुक’को विषयमा विश्वविद्यालयमा शोधपत्र लेखेका रानाभाटले ‘इच्छुक’ खरो, स्पष्ट र प्रतिवद्ध स्वभाव स्वाभिमानी पत्रकार/लेखकका लागि अनुकरणीय रहेको उल्लेख गरे । उनले भने, र्ँइच्छुक’ हाम्रा लागि अनुकरणीय छन् ।’ क्रान्तिको अगुवाइ गर्नेहरु नै सक्तामा रहेकाले उनको हत्यामा संलग्नलाई दण्डित गर्न सरकारलाई रानाभाटले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल र सचिव रामप्रसाद तिमिल्सिनाले पनि बोलेका थिए । साहित्यकार फडिन्द्र अधिकारी ‘अधिकञ्चन’ले र्ँइच्छुक’का सपना साकार गर्न नेतृत्वलाई कवितामार्फत् खबरदारी गरे । स्मृति दिवस संयोजन समितिका संयोजक सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार कृष्ण दवाडीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम

    आदर्श समाज सम्वाददाता जेठ १२, २०७९
    पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन नेपालको आयोजनामा उद्घोषण तालिम सञ्चालन गरेको छ । एसइई दिएर बसेका किशोर…
  • इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह

    आदर्श समाज सम्वाददाता जेठ १२, २०७९
    पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह जनताको प्रत्यक्ष सरकार भएकाले जनभावनाअनुरुप कार्यसम्पादन गर्न नवनिर्वाचित स्थानीय तहका…
  • धनराज पोखराको १६ औं मेयर

    प्रकाश ढकाल जेठ १२, २०७९
    पोखरा । पोखराको १६ औंं मेयररुपमा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन् । बैशाख ३१ देखि सुरु…
  • आर्वाविजय माविको सुविधायुक्त भवन

    आदर्श समाज सम्वाददाता जेठ ११, २०७९
    पोखरा । आर्वाविजय मावि, पोखरा–१३ को पक्की भवन निर्माण भएको छ । भारत सरकारको ३ करोड ९८ लाख ३४ हजार…
  • चुनावको जात्रा, मकैको व्यापार

    धनबहादुर गुरुङ जेठ ११, २०७९
    पोखरा । भुंग्रोमा मकैका घोगा ओल्टाइपल्टाइमै दिन बित्छ, अचेल पोखरा ७ कि कल्पना मगरका आमाछोरीको । छोरी नानुमायाले मकै खोस्टाउने…

hero news full width