पोखरा, १३ जेठ । नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवस मनाइएको छ । ‘नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने मूल नाराका साथ आइतबार देशभर विविध कार्यक्रम गरिएको थियो ।
नेपाल प्रेस युनियन कास्कीले पनि पोखराको वीपीचोकमा मैनवत्ति प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रममा पत्रकार र काँग्रेसका नेता तथा कार्यकर्ता सहभागी थिए ।
त्यस अवसरमा बोल्दै प्रदेश नम्बर ४ का सांसद एवं काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रमाथि विश्वास गर्न हिच्किचाउने दलहरुको दुर्इ तिहाई रहेका बेला प्रेस स्वतन्त्रता हनन हुने सम्भावना रहेकाले प्रेस युनियनको भूमिका सशक्त बनाउनुपर्ने बताए । उनले पत्रकारहरु अझैपनि लोकतन्त्र, पेशागत हक र प्रेस स्वतन्त्रताका लागि लड्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पत्रकारहरु निर्भिक र स्वतन्त्रतापूर्वक नागरिक अधिकारको पक्षमा उभिनुपर्नेमा जोड दिए । पूर्व सांसद शारदा पौडेलले संचार क्षेत्रले मुलुकलाई डोर्याउने भन्दै पत्रकार जिम्मेवार हुनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ का सभापति त्रिभुवन पौडेल र कास्की सभापति दिपेन्द्र श्रेष्ठले बोलेका थिए ।
नेपाल प्रेस युनियन कास्कीका सभापति शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बिमला भण्डारीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
खानेपानी कर्मचारी संघमा केदार धमला
६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
आज गणतन्त्र दिवस
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९