पोखरामा ज्योतिष सम्मेलन शुरु

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७५
Jyotish Sammelan

पोखरा, १२ जेठ। दक्षिण एशियाली ज्योतिष महासंघको आयोजनामा पोखरामा शनिबार चौथो दक्षिण एशियाली ज्योतिष तथा वास्तु सम्मेलन शुरु भएको छ।

सम्मेलनमा नेपाल लगायत भारत, श्रीलंका, भुटान थाइल्याण्ड, मलेसिया, बेलायत, कोरिया, हङकङ र इण्डोनेसिया लगायत देशबाट एक हजारभन्दा बढी प्रतितिनिधले सहभागिता जनाएका छन् ।

दक्षिण एशियामा ज्योतिषीहरुले पालना गर्नुपर्ने आचारसंहिता र आधुनिक प्रविधिसँग जोडेर नयाँ पुस्तालाई ज्योतिष विधातर्फ आकर्षण गराउनु सम्मेलनको मूल उद्देश्य रहेको सम्मेलन मूल समितिका अध्यक्ष डा लोकराज बरालले बताए।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मेलन उद्घाटन गर्दै फलित ज्योतिष विधालाई मर्यादित बनाउन आग्रह गरे। ‘आमनेपाली समाज र नागरिकले अझै पनि फलित ज्योतिष विधामा पूर्ण विश्वास गर्न सकेका छैनन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘यस विधातर्फ आकर्षण गर्न नीतिगत र व्यवहारमै सुधार आवश्यक छ।’

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले ज्योतिषीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए। ज्योतिषीको समेत राष्ट्रमा योगदान रहेको मन्त्री गुरुङको भनाइ थियो। उनले भने, ‘अब राज्यका तीनै तहबाट ज्योतिषीको माग पूरा गर्ने प्रयास हुनेछन्।’

सम्मेलनमा धेरै देशका प्रतिनिधिको सहभागिता रहेकोले सम्मेलनमार्फत राष्ट्रिय एकता कायम हुने मुख्यमन्त्री गुरुङको विश्वास थियो। प्रदेश ४ लाई समृद्ध, शुन्दर, शान्त र सभ्य बनाउन यस्ता सम्मेलनले ठूलो सहयोग पुर्‍याउने उनको तर्क थियो।

मुलुक संघीयता संरचनाअनुसार प्रारम्भिक चरणबाट अघि बढ्दै छ,’ उनले भने, ‘राष्ट्रिय र मानवीयताको पुनर्जागरणमा यस्ता सम्मेलनको ठूलो महत्व रहन्छ। सम्मेलनले राष्ट्रिय एकता कायम गर्नेछ।’

कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले ज्योतिष क्षेत्रलाई राज्यले उपेक्षा गरेको चर्चा गरे। राष्ट्रिय धर्म सेवा नेपालका अध्यक्ष प्राडा माधव भट्टराईले ज्योतिष क्षेत्रलाई सहयोग गर्ने नीति राज्यले लिनुपर्नेमा जोड दिए। एशियन एष्ट्रोलोजर कँग्रेस भारतका सभापति डा सत्य विश्वासले ज्योतिष महासंघलाई बृहत् र मर्यादित बनाउन आग्रह गरे।

कार्यक्रममा भारतीय प्रतिनिधि एवं सञ्चारकर्मी सुरेश श्रीमाली र महिला प्रतिनिधि तनुश्री लगायत बोलेका थिए।

कार्यक्रममा पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष डा रामचन्द्र गौतम, राष्ट्रिय धर्म सेवा नेपालका अध्यक्ष प्राडा माधव भट्टराई, दक्षिण एशियाली ज्योतिष महासंघका सल्लाहकार प्राडा श्रीकृष्ण अधिकारी, दक्षिण एशियाली ज्योतिष संघका पूर्व अध्यक्ष माधवप्रसाद पाण्डे, संस्कृतिविद् जगमान गुरुङ, एशियन एष्ट्रोलोजर कँग्रेस भारतका सभापति डा सत्य विश्वास, बरिष्ठ वास्तुविद् माधवमंगल जोशीलाई विशेष अभिनन्दन गरिएको थियो।

त्यसैगरी, कार्यक्रममा ताण्डव साप्ताहिकका अर्जुन गिरी, वयोवृद्ध पञ्चाङ्गकार गुरु मनोहरि बराल र खगराज रिजाल, पञ्चाङ्गकार पद्यनाथ त्रिपाठी, यदुनाथ बास्तोला लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा डा बलराम उपाध्याय रेग्मीलाई ज्योतिष कलानिधि पुरस्कार, राजु थकालीलाई वास्तु भुषण पुरस्कार, प्रेमकुमारी गुरुङलाई ज्योतिष सागर अवार्ड, तिलकराज पौडेललाई ज्योतिष ज्ञानचार्य पुरस्कार प्रदान गरिएको थियो। ज्योतिषीहरु हिमलाल बराल, मनोहरि त्रिपाठी, इन्द्रबहादुर गुरुङ र लालबहादुर गुरुङलाई लाइफ टाइम अचिभमेन्ट प्रदान गरिएको थियो।

सम्मेलन आइतबार सकिने सम्मेलन निर्णायक मूल समितिका अध्यक्ष डा लोकराज पौडेलले बताए। आइतबार पत्रकारिताका क्षेत्रबाट योगदान पुर्‍याएकोमा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष एवं आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला, रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल र मेरो जिल्ला डट कमका सम्पादक रामकृष्ण लामिछानेलाई सम्मान गर्ने कार्यक्रम छ।सम्मेलन निर्णायक मूलसमितिका अध्यक्ष डा लोकराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका संयोजक माधवराज पाण्डेले स्वागत, वरिष्ठ वास्तुविद् माधवमंगल जोशीले धन्यवाद ज्ञापन र सञ्चारकर्मी मनिता पोख्रेलले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width