पोखरा, १२ जेठ। नेपाल परिवार नियोजन (नेपनि) संघ, कास्की शाखाको अधिवेशनले नीरञ्जनप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
समितिको सदस्यमा उमेशराज पराजुली, नवीन सिग्देल, अर्जुन सिग्देल, प्रकाशचन्द्र त्रिपाठी, महिला सदस्यमा शक्ति प्रधानाङ्ग, रजनी केसी, नीशा भण्डारी, नानु रेग्मी, किशोर युवा सदस्यमा विष्णुप्रसाद दाहाल, किशोरी युवा सदस्यमा नारायणी त्रिपाठी र किशोरी युवा सदस्यमा दीक्षा पराजुली छन्। नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
निर्वाचित पदाधिकारी एवं सदस्यलाई निर्वाचन अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले प्रमाणपत्र वितरण गरेका थिए। नयाँ कार्य समितिको शनिवार पदस्थापना गरिएको छ। शाखा तदर्थ समितिका संयोजक अर्जुन सिग्देलले नव निर्वाचित सभापति श्रेष्ठलाई शाखाको माइन्यूट हस्तान्तरण गरी पदस्थापन गराएका थिए।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको गरिमा उचो बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थामा आजीवन र साधारण सदस्यलाई सक्रिय बनाउने वातावरण निर्माण गर्ने बताए।
नेपनि संघ कास्कीका पूर्व अध्यक्ष दिवसमान प्रधानाङ्गले संस्थालाई अघि बढाउन कर्मचारी र स्वयंसेवक दुवै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा निर्वाचत अधिकृत कृष्णप्रसाद तिमिल्सिना, पूर्व सदस्य निर्मलप्रसाद कर्माचार्य, ज्येष्ठ सदस्य क्या. गंगाबहादुर खत्री र शाखा प्रबन्धक नवराज अधिकारीले बोलेका थिए।
नेपनि संघ कास्की शाखा तदर्थ समितिका संयोजक अर्जुन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रजनी केसीले स्वागत र अर्का सदस्य राजेश अधिकारीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९