लेखनाथ, ११ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा २६ मा रहेको नेपाल मगर संघ बूढीबजार इकाइ समितिले कानराहा (कौरा) नृत्य प्रस्तुत गरेको छ ।
‘जातीय पहिचान सहितको मौलिक परम्परा संस्कृति जगेर्ना गरौं’ भन्ने मूलनाराका साथ विगत वर्षदेखि जेठ महिनामा गरिने कौरा नृत्य मगर संघ बूढीबजार इकाइ शनिवार सो नृत्य प्रस्तुत गरेको हो ।
कार्यक्रममा नेपाल मगर समाज कास्कीका जिल्ला अध्यक्ष पूर्णबहादुर राना मगरले मगर समुदायको संस्कृति र पहिचान भनेकै कौरा नृत्य भएकाले राज्यबाट यसको संरक्षण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
नेपालभरका विभिन्न क्षेत्रमा रहेका मगर समुदायमा मनाइने कौरा नृत्य र कौरा गाना मगरको पहिचान झल्कने नाच र गानमा कौरा, सोरठी, झयाउरे, सेरुगा, मारुनी, टप्पा र हुर्रा पर्दछन् । जसमा कौरा नाच विशेषगरी बाहृ मगरात क्षेत्रमा प्रचलित छ । जसमा नृत्य एउटा सांस्कृतिक अभ्यास हो । यसभित्र समाजको हरेक क्रियाकलाप प्रतिविम्बित हुन्छ ।
विशेषगरी तनहुँ, लमजुङ, गोरखा, कास्की र पाल्पा जिल्लामा मनाइने मौलिक कौरा नृत्यको व्यापकता यसको महत्व अझ फराकिलो हुँदैआएको छ ।
इकाइ अध्यक्ष पूर्णबहादुर पल्लीको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका सहसचिव प्रेमपल्ली मगरले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९