फेवातालमा बृहत् सफाइ अभियान

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७५
cleaning 2

पोखरा, १२ जेठ  । पोखरामा जारी बृहत् सफाइ अभियान शनिबार ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएको छ ।

१०४ हप्ताको अभियानमा झण्डै १५ टन फोहरमैला संकलन गरिएको अभियन्ता शोभा श्रेष्ठले बताइन् ।

यसैबीच, सफाइ अभियानका संयोजक रामबहादुर पौडेले पोखरा लेखनाथ महानगरका कामु प्रमुख मञ्जुदेवी गुरुङलाई नेपालकै राष्ट्रिय सम्पदा फेवातालको संरक्षण, उचित व्यवस्थापन र नियमित सरसफाइसँगै सौर्न्दर्यता प्रबर्द्धन गर्ने कार्यलाई विशेष प्राथमिकतामा राख्नेछु ।

समग्र पोखराका सार्वजनकि स्थलमा फोहरमैला बिसर्जन गर्ने प्रवृत्तिलाई कडा दण्ड सजायको व्यवस्था गरी निरुत्साहित गर्नेछु ।

फिके-बुलौंदीखोला हुँदै फेवातालमा मिसिने फोहरमैला रोकथाम गर्न गाईघाटस्थित चेकड्यामको अविलम्ब सुधार गर्नेछु । उक्त चेकड्यामको आवश्यक स्तरोन्नतिका लागि तत्कालै कार्ययोजना बनाइ वर्षायामको अन्त्यसँगै निर्माण कार्य थाल्नेछु भन्ने व्यहोराको प्रतिबद्धता वाचन गार्रर्इ हस्ताक्षर गराएका थिए ।

कार्यक्रममा गुरुङले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएकी थिइन् ।

यसपालिको सफाइ अभियानमा तीनवटै सुरक्षा निकाय, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, अध्यागमन कार्यालय, मदरल्याण्ड मावि, फिस्टेल एकेडेमी, हिमाञ्चल बोर्र्डिङ, अभियान क्लब महिला समूह, माछापुच्छे्र महिला क्लब, मितेरी नारी समूह, खहरे आमा समूह, ड्यामसाइड टोल विकास संस्था, सिर्द्धार्थ राजमार्ग टोल विकास संस्था, पुल्चोक टोल विकास संस्था, राष्ट्रबैंक टोल विकास संस्था, ड्यामसाइड क्लब, अन्नपूर्ण आमा समूह, धौलागिरी गोर्खा टे्रनिङ सेन्टर, घारीपाटन आमा समूह, विश्वनाथ काका फिल्म यूनिट र नेपाल पर्यटन बोर्डले ऐक्यबद्धता जनाएको ड्यामसाइड क्लबका महासचिव कीर्तिबल्लभ त्रिपाठीले जानकारी दिए ।

यसअघि, प्रदेश ४ प्रहरी गण कार्यालयका गणपति प्रहरी उपरीक्षक लालमणि आचार्यले ड्यामसाइडस्थित फिकेखोलाको अन्तिम विन्दु चेकड्याम क्षेत्रको सरसफाइका लागि आवश्यक सामग्री उपलब्ध भएमा नियमित सरसफाइका लागि प्रतिबद्ध हुने बताएका थिए ।

सफाइ अभियानका लागि नेपाल पर्यटन बोर्डका तर्फबाट २५ थान डोको र १५ प्याकेट डिस्पोजल ग्लोब सहयोग प्राप्त भएको थियो भने ड्यामसाइड क्लबले पिउनेपानीको व्यवस्था मिलाएको थियो ।

कार्यक्रममा ड्यामसाइड टोल विकास संस्थाकी अध्यक्ष शिवमाया श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिइन् । १०५ हप्ताको सफाइ अभियान वेगनास तालमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width