पोखरा, १२ जेठ । को-अपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स) सेन्टरको गोरखा जिल्ला सम्मेलन शनिबार गोरखामा सम्पन्न भएको छ ।
सहकारी, कृषि तथा भूमि व्यवस्था मन्त्री लेखबहादुर थापाले सहकारीले आफ्नो कुल पुँजीको ३० प्रतिशत उत्पादन क्षेत्र कृषिमा लगानी गरी राज्यलाई आत्मनिर्भर बनाउन सबै सहकारी एक हुन आग्रह गरे ।
प्रदेशले गोरखालाई सांस्कृतिक केन्द्रको रूपमा विकसित गर्ने लक्ष्य लिएकोले सबै गोर्खाली उत्पादन अभियान जोडिनुपर्ने उनले बताए ।
सम्मेलन उद्घाटन समारोहमा नेकपा प्रतिनिधि कृष्ण राना, नयाँ शक्ति पार्टीनेपालका नारायण खत्री, जिल्ला समन्वय समिति गोरखा उपप्रमुख जानुका अधिकारी, उद्योग वाणिज्य संघ गोरखाका जीवनज्योति श्रेष्ठ, जिल्ला सहकारी संघका प्रतिनिधि सुजन कुँवर, उपभोक्ता जिल्ला सहकारी संघका खेमराज अधिकारी, हेड्स नेपालका संस्थापक अध्यक्ष प्रतापराज वन्त, कोप्स सेन्टरका महासचिव रामचन्द्र शर्मा, कोप्स सेन्टरका केन्द्रीय सदस्य ख्यामनारायण पौडेल, मीनराज तिमिल्सिना, प्रेमराज भण्डारी, तुलसीप्रसाद पोखरेल, दिलीपराज देवकोटा, बिहानी एग्रोका संचालक प्रेम गिरी लगायतले कोप्स उत्पादन मोडलका आधारमा प्रदेशलाई आत्मनिर्भर बनाउन कोसेढुंगा सावित हुने बताए ।
उक्त सम्मेलनबाट अन्नपूर्ण साकोसका अध्यक्ष तुलसी देवकोटाको अध्यक्षतामा १३ सदस्यीय कोप्स जिल्ला समिति गठन गरिएको छ ।
समिति सचिवमा बाराही साकोसका अध्यक्ष रमेशरमण खनाल, सदस्यमा लिगलिग साकोसबाट गुणप्रसाद न्यौपाने, गोर्खालीका विदुर बानियाँ, हाम्रो मिलिजुलीका चेतकुमारी श्रेष्ठ, ताकुकोट कृषि सहकारीका मोहन पनेरू, गण्डकीका वेत्रावति बगाले, आदर्शका बाबुराम रोका, सूयोर्दय साकोसका बाबुराम कटेल, सिद्धिगणेश साकोसका काजीराम श्रेष्ठ, दूघपोखरी महिला सहकारीका रमा धिताल, भीमकुलका घनश्याम श्रेष्ठ, बालकन्या महिला साकोसका शान्ता सापकोटालाई चयन गरेको छ ।
सम्मेलनले गोरखामा सामूहिक लगानीमा एक सय रोपनी जग्गामा कोल्ड स्टोर सञ्चालन गर्दै जग्गाको स्थलगल अवलोकनसमेत गरेको कोप्स अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
कार्यक्रममा सहकारीको सात सिद्धान्तवाचन हिमचुली सहकारीका उपाध्यक्ष तुलसा मरहठ्ठाले गरेकी थिइन् ।
कोप्सका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा सांगठानिक उद्देश्यबारे महासचिव रामचन्द्र शर्माले प्रकाश पारेका थिए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९