पोखरा, १२ जेठ । पाँचौं अनुपम साङ्गीतिक साँझको तयारीका सर्न्दर्भमा शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिएको छ।
सहभागीले विगतमा सम्पन्न कार्यक्रमले नेपाली साङ्गीतिक क्षेत्रमा विशेष महत्व राखेको बताएका थिए।
संस्थाका सल्लाहकार समेत रहेका पत्रकार बद्रिविनोद प्रतीकले पोखराबाट अनुपम म्युजिकले उद्देश्यमूलक ढङ्गले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको भन्दै इतिहासले यसको मूल्याङ्कन गर्ने राय व्यक्त गरे ।
पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले सङ्गीत र समाजसेवालाई अनुपमले जोडेर अघि बढेकोमा प्रशंसा गरे ।
जनसांस्कृतिक महासंघ प्रदेश ४ इञ्चार्ज मनकुमार श्रेष्ठले पोखराका साङ्गीतिक कार्यक्रममध्ये अनुपमको कार्यक्रम ‘अनुपम’ खालकै हुने गरेको बताए । सचिव रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अनुराग अधिकारीले आफ्नो नशा नशामा सङ्गीत बगेको भन्दै आफ्नो जीवन रहेसम्म कार्यक्रम सञ्चालन गर्ने बताए।
कार्यक्रममा सञ्चार उद्यमी देव क्षेत्री, रेन्बो चिल्ड्रेन होमकी प्रबन्ध निर्देशक गोमा ढकाल, नायक ताराबहादुर गुरुङ, गायक रामभक्त जोजिजू, हिसान कास्कीका अध्यक्ष डा रामजी शर्मा, तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखे, त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल लगायतले कार्यक्रमलाई भव्य बनाउन आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पोखरा उद्योग वाणिज्य संघमा आगामी जेठ २६ मा हुने साँझमा रामभक्त जोजिजू, कर्म ग्याल्छेन, इतु जोजिजू, शीतल थापा, कौशल्या गुरुङ, टीका प्रसाईँ, तमन्ना गुरुङ, जयकुमार परियार, सञ्जीव पराजुली, दुर्गा मगर, दीलकुमारी मगर, सुदीप गुरुङ लगायतको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ।
विविध नृत्यसमेत प्रस्तुत गरिने सोही कार्यक्रममा गीतकार तीर्थ श्रेष्ठ, समाजसेवी गोमा ढकाल, सङ्गीतकार जयकुमार र गायक सञ्जीव पराजुलीलाई सम्मान प्रदान गरिने छ ।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९