????????????????????????????????????
पोखरा, १० जेठ । मणिपाल शिक्षण अस्पतालमा जारी आन्दोलन रोक्न प्रभावकारी कदम चाल्दै सेवा सुचारु गर्न पोखराका मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले माग गरेका छन् ।
उनीहरुले बिहीवार सामाजिक विकास मन्त्री नरदेवी पुनलाई भेटी यसतर्फ पहल गर्न पत्र मार्फत अनुरोध गरेका हुन् । मन्त्री पुनले मानिसको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय बेवास्ता गर्न नमिल्ने बताउँदै जतिसक्दो चाँडो समाधान गन्तर्फ आफू लागिपर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक पोखरा कार्यालय, शान्तिका लागि नागरिक समाज, मानवअधिकार संरक्षण मञ्च कास्की, गैरसरकारी संस्था महासंघ, महिला मानवअधिकार रक्षक सञ्जाल, मानवअधिकार पत्रकार मञ्च लगायत सम्मिलित टोलीले स्वास्थ्य सेवा जस्तो अत्यावश्यक स्थानमा यो वा त्यो कुनै पनि बहानामा बन्द गर्न नहुने भन्दै वार्ताको माध्ययमबाट जति सक्दो चाँडो समस्या समाधान खोज्न माग गरे । मंगलबारदेखि मनिपाल कर्मचारी समन्वय समिति, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, मनिपाल स्वतन्त्र कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्त रुपमा विज्ञप्ति जारी गरी अस्पतालको सेवा ठप्प पारेका हुन् ।
अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल प्रशासनले पत्र काटी सेवाबाट हटाइएको जानकारी दिएपछि कर्मचारीरुले अस्पताल प्रशासनसँग निर्ःशर्त कर्मचारी रिहाइ र विगतमा भएका सम्झौता कार्यान्वयन माग गर्दै आन्दोलन थालेका हुन् । अस्पतालमा कर्मचारी युनियनको आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा ठप्प छन् ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९