ज्योतिष तथा वास्तु सम्मेलनको तयारी पूरा

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७५
jyotish

पोखरा, १० जेठ । पोखरामा हुन लागेको चौथो दक्षिण एशियाली ज्योतिष तथा वास्तु सम्मेलनको तयारी पूरा भएको छ ।

दक्षिण एशियाली ज्योतिष महासंघको आयोजनामा जेठ १२ र १३ गते पोखरामा सम्मेलन हुन लागेको हो ।

महासंघले पोखरामा बिहीवार पत्रकार सम्मेलन गरी सम्मेलनमा नेपाल, भारत, श्रीलंका, भुटान, थाइल्याण्ड, मलेशिया, बंगलादेश, बेलायत, कोरिया, हङकङ, इण्डोनेसिया लगायत देशका ७ सय बढी प्रतिनिधि सहभागी हुने जनाएको छ ।

सम्मेलनमा दक्षिण एशियामा ज्योतिषीहरुले पालना गर्नुपर्ने आचारसंहिता र आधुनिक प्रविधिसँग जोडेर नयाँ पुस्तालाई कसरी ज्योतिष विद्याप्रति आकर्षण बढाउन सकिन्छ भन्ने विषयमा मुख्य गरी छलफल हुनेछ ।  सम्मेलन सम्पन्न गर्न करिब ३५ देखि ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

‘ज्योतिष क्षेत्रलाई राज्यले उपेक्षा गरिरहेको छ,’ पत्रकार सम्मेलनमा सम्मेलन मूल निर्णायक समितिका अध्यक्ष डा लोकराज पौडेलले भने, ‘ज्योतिष क्षेत्रलाई महत्व दिए हामी पनि राष्ट्रका लागि योगदान दिन सक्छौं।’ त्यस्तै सम्मेलनमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा अभिनन्दन गर्ने पनि कार्यक्रम छ ।

पत्रकारिता क्षेत्रबाट स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय  अध्यक्ष तथा आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला, रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी र मेरो जिल्ला डटकमका सम्पादक रामकृष्ण लामिछानेलाई सम्मान गरिने छ।

सम्मेलनमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतम, राष्ट्रिय धर्म सेवा नेपालका अध्यक्ष प्राडा माधव भट्टराई, विशिष्ट व्यक्तित्व प्र. श्रीकृष्ण अधिकारी, संस्कृतिविद् डा जगमान गुरुङ, एशियन एष्ट्रोलोजर कँग्रेस भारतका सभापति डा सत्य विश्वास, वरिष्ठ वास्तुविद् माधवमंगल जोशीलाई अभिनन्दन गरिने छ।

त्यसैगरी, पञ्चाङ्कार पद्यनाथ त्रिपाठी, पाङ्का बयोवृद्व गुरु खगराज रिजाल, यदुनाथ बास्तोला, बयोवृद्व गुरु मनोहरि त्रिपाठी, इन्द्रबहादुर गुरुङ, ज्योतिषी प्रेमकुमारी गुरुङलाई पनि सम्मान गरिने छ।

पत्रकार सम्मेलन दक्षिण एशियाली महासंघका अध्यक्ष डा सहदेव विष्टको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा…
  • प्र्रहरीसँग नेलम्बोको सामाजिक सेवा दिवस

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत महिला प्रहरी तथा थुनुवा बन्दी कैदी महिलालाई सेनेटरी प्याड हस्तान्तरण गर्दै…
  • ‘गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छ’

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । सिप हस्तान्तरण सशक्तीकरण (नेस्ट),पोखराको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको जिल्ला समन्वय समिति…
  • विश्वहिन्दु महासंघ पोखरा–११ मा डिल्लीराम

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । विश्वहिन्दु महासंघ पोखरा–११ वडा समितिको अध्यक्षमा डिल्लीराम बास्तोला चयन भएका छन् । समितिको उपाध्यक्ष नारायण श्रेष्ठ, महिला उपाध्यक्ष…
  • गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगर प्रथम विद्यालयस्तरीय छात्रछात्रा ह्याण्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ । फाइनलमा लिटिल स्टेप माविलाई १६–७…

hero news full width