पोखरा, १० जेठ । स्मार्ट फोन पारखीहरूबीच बहुप्रतीक्षित स्मार्ट फोन हुवाई पी-२० नेपाली बजारमा प्रवेश गरेको छ । विश्वमै पहिलोपल्ट लुइका ड्युल क्यामरासहित बजारमा आएको हुवाई पी-९ ले स्मार्ट फोन फोटोग्राफीको दुनियाँमा तरंग ल्याएको थियो ।
अति सूक्ष्म कणलाई समेत कैद गरी जीवन्त र अद्भूत तस्वीर निकाल्ने यो नयाँ क्यामेरा प्रविधिसहित बजारमा आएको हुवाई पी-२० सर्वाधिक आधुनिक स्मार्ट फोन क्यामेरा हो । व्यावसायिक फोटोग्राफरहरूले मात्र हैन, फोटोग्राफीमा सामान्य रुचि भएका जुनसुकै स्मार्ट फोन पारखीहरुले पनि हुवाई पी-२० प्रयोग गरेर अद्भूत तस्वीर निकाल्न सक्ने जनाइएको छ । प्रयोगकर्तालाई तस्वीरको कम्पोजिसन मिलाउन मद्दत गर्ने कृत्रिम क्षमता पनि यो स्मार्ट फोनमा उपलब्ध छ । हुवाई पी-२० सँग १२ मेगापिक्सल आरजिबी साथसाथै २० मेगा पिक्सल मोनोक्रोम क्यामेरा सेटअप पनि छ । यो स्मार्ट फोनमा सुपर स्लो मोसन फिचर पनि उपलब्ध छ, जसले गर्दा प्रति सेकेन्ड ९ सय ६० फ्रेमहरु प्रयोग गरी जीवनका रोचक र अविष्मरणीय क्षणहरूको भिडियो निकाल्न सकिन्छ । ५.८ इञ्चको आरजिबीडब्लु स्क्रिनमा भिडीयो हेर्दा आनन्द आउँछ भने स्क्रिनलाई उज्यालो बनाई भिडियो हेर्दा पनि खासै धेरै व्याट्री खर्च हुँदैन । व्याट्री ३४ सय एमएच क्षमताको छ । ४ जिबी र्याम र १ सय २८ जिबी रोम छ । कालो र गाढा नीलो रंगमा उपलब्ध यो मोवाइलको बजार मुल्य ७४ हजार ९ सय रुपैयाँ छ ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९