पोखरा, ९ जेठ। द लुक्स फेसन होम एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिको आयोजनामा जेठ अन्तिम साता पोखरामा मिस सी क्वीन सिजन-४ हुँदैछ।
सो प्रतियोगितामा अन्तिम राउण्डका लागि छानिएका प्रतिष्पर्धीहरु यतिखेर विभिन्न तालिममा व्यस्त छन्।
प्रतिष्पर्धीमा रोजिना केसी, पूजा बास्तोला, समीक्षा पौडेल, प्रेरणा गुरुङ, सुप्रिमा तुलाधर, नवीना तामाङ, अनिशा श्रेष्ठ, सोनी पौडेल, एलिना श्रेष्ठ, प्रियंका कार्की र दीया गुरुङ गरी ११ जना छन्। एसर्इइ सकेर बसेका उनीहरुलाई आत्मविश्वास बढाउने तथा सीपमूलक तालिम दिइएको संस्थाका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले जानकारी दिए।
कोरियोग्राफर सुरक्षा गुरुङ, डा रामजी शर्मा, बाबुराम सुवेदी लगायतले विभिन्न तालिम दिँदैआएका छन्। यस्तै, उनीको पर्यटकीय क्षेत्र जोमसोममा फोटोसूट भएको छ भने पोखरा टेलिभिजनमा अन्तर्वार्ता, न्यू ग्यालेक्सी स्कूलमा स्वागत, फुड कम्पिटिसन गरिएको छ। प्रतियोगिताको ट्यालेन्ट राउण्ड जेठ १९ गते हुनेछ । फाइनल रानीपौवास्थित रञ्जित इभेन्ट सेन्टरमा जेठ २६ गते हुने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९