पोखरा, १० वैशाख । रक्त सञ्चार केन्द्र पोखरामा रगत कमी भएपछि बिहीवार आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ ।
विभिन्न तीन संस्थाले पोखराको बेग्लैबेग्लै स्थानमा आयोजना गरेको रक्तदानबाट १ सय ८३ युनिट रगत संकलन भएको छ ।
‘रक्त सञ्चार केन्द्रमा रगतको कमी भएपछि आकस्मिक रक्तदानका लागि आव्हान गरिएको हो,’ केन्द्रका प्राविधिक महेन्द्र केसीले भने, ‘एक/दुर्इ दिन रक्तदान कार्यक्रम गरी रगत संकलन नगरेको भए अभाव नै हुने अवस्था थियो।’ पोखराका दैनिक ६० देखि ७० युनिट रगत आवश्यक पर्ने उनको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-१२ ले बिहीवार हस्पिटलचोकमा गरेको रक्तदानमा ९६ युनिट रगत संकलन भएको थियो ।
त्यस्तै, लियो क्लब अफ पोखरा पिस चौतारीले पार्कल्याण्ड हस्पिटलको सहयोगमा अमरसिंहचोकमा आयोजना गरेको रक्तदानमा ६० युनिट र तीन गाउँले थकाली समाजले पोखराको पृथ्वीचोकमा गरेको रक्तदानमा २७ युनिट रगत संकलन भएको छ ।
रेडक्रस सोसाइटी उपशाखा पोखरा-१२ ले गरेको रक्तदान कार्यक्रमको सोसाइटीका जिल्ला उपसभापति कृष्ण तिमिल्सिनाले पहिलो रक्तदाता विन्दुराज घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा उपसभापति तिमिल्सिना, कोषाध्यक्ष सुरेन्द्र गुरुङ, आजीवन सदस्य पुरन श्रेष्ठ, रक्त सञ्चार केन्द्रका अधिकृत अर्जुन ज्ञवाली लगायत बोलेका थिए ।
रेडक्रस सोसाइटी उपशाखा पोखरा-१२ का अध्यक्ष सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव इन्दिरा पन्त आचार्यले स्वागत र सचिव कुश्मराज आचार्यले सञ्चालन गरेका थिए ।
उता, लियो क्लबको कार्यक्रम पार्कल्याण्ड हस्पिटलका अध्यक्ष डा महेन्द्र केसीले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । कार्यक्रम सदस्य अर्जुन कार्कीले संयोजन गरेका हुन्।
लियो क्लब अफ पोखरा पिस चौतारीका अध्यक्ष देवदत्त बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम सचिव अनिल ढुङ्गानाले सञ्चालन गरेका थिए ।
रगत कमी हुन नदिन शुक्रबार पनि पोखराका दुर्इ स्थानमा रक्तदान कार्यक्रम गरिँदैछ । डेभिजफल युवा क्लबले छोरेपाटन र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-१ ले पृथ्वीनारायण क्याम्पसमा रक्तदान कार्यक्रम गर्न लागेका हुन्।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९