जेठ। भारतीय अर्थविद् बजरंगलाल गुप्ताले राष्ट्र र नागरिकको समृद्धिका लागि शान्ति र सुख आवश्यक रहेको औंल्याएका छन्। ‘वर्तमानमा मानिसहरु समृद्ध रहेर पनि अशान्त र दुखी छन्,’ उनले भने, ‘राष्ट्र र नागरिकको विकास हुन भौतिक समृद्धिका साथसाथै आध्यात्मिक उन्नतिको समेत अवश्यकता पर्छ।’
मानव मिलन संस्थाद्वारा पोखरामा बुधबार आयोजित ‘राष्ट्र, राष्ट्रियता र विकासको मोडल’ विषयक परिचर्चा कार्यक्रममा अर्थविद् गुप्ताले यस्तो बताएका हुन्।
कुनै राष्ट्र र नागरिकको समृद्धि हुन त्यस राष्ट्र र जनताको विश्व दृष्टिकोणमा समेत भर पर्ने उनको तर्क थियो। उनले हालको प्रचलित विकासको मोडल शारीरिक आवश्यकतामा केन्द्रित रहेको जनाए।
उनले हाल विश्वमा पश्चिमाहरुको विकास मोडल चलेको जिकिर गरे। भौतिक रुपले सम्पन्न समृद्धि र उपभोग्य वस्तुको पर्याप्ततालाई पश्चिमाहरुले विकासको मोडल मान्ने गरेको गुप्ताले उल्लेख गरे।
‘हाल विश्वमा पश्चिमाहरुले परिभाषित गरेको विकासका मोडल प्रचलित छन्,’ गुप्ताले भने, ‘उनीहरुले भौतिक रुपले समृद्ध र उपभोग्य वस्तुको पर्याप्ततालाई विकासको मोडल मान्दछन्।’
उनले पश्चिमाहरुको विकासको मोडल यान्त्रिक रहेको बताए। पश्चिमाहरुले मानव समाज र जातिलाई हेर्ने दृष्टिकोण यान्त्रिक रहेको चर्चा गरे। ‘पश्चिमाहरुले सिंगो मानवसमाज र जातिलाई नै संवेदन र विवेकशून्य यन्त्रले हेर्ने गर्छन्,’ गुप्ताको भनाइ थियो, ‘हाम्रो पूर्र्वीय वैदिक दृष्टिकोणमा समग्र, समन्वयात्मक र एकात्मक रुपले मानव समाजलाई हेर्ने गरिन्छ।’
त्यतिले मात्र मानवको सर्वाङ्गीण विकास नहुने उनको तर्क थियो। मानव विकासले जहिले शारीरिक, वौद्धिक र आध्यात्मिक रुपमा मानवहरुको आवश्यकता पूरा हुन्छ, त्यतिबेला मानव विकासले पूर्णता पाउँछ,’ उनले दावी गरे।
उनले संस्कारयुक्त शिक्षाको आवश्यकता औंल्याए। संस्कारयुक्त शिक्षा पद्दतिले ज्ञानको विकास हुने उनको तर्क थियो। उनले जीडीपी मात्र विकासको आधार मान्न नहुने बताए। जीएनएचलाई समेत विकासका आधार मान्न आग्रह गरे। उनले भने, ‘ग्रोथ नेशनल हेप्पिनेस विकासको प्रमुख आधार हो।’
कार्यक्रममा विजय मुनिजी महाराजले मानवजाति स्वतन्त्र प्राणी रहेको जनाए। उनले मानवहरु मनन्शील र विचारशील बन्नुपर्नेमा जोड दिए। ‘कसैको मन नदुखाइ बाँच्नु नै मानवता हो,’ उनले भने, ‘कसैको गुलामी बन्नु र कसैलाई गुलामी बनाउनु सच्चा मानव जीवन होइन।’
मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्र मुनिजी महाराजको सानिध्यतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय धर्म जागरणका संयोजक शंकर पाण्डे लगायतले बोलेका थिए।
संस्थाका अध्यक्ष रेशमराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मानव मिलन संस्था पोखराका उपाध्यक्ष गुप्त शर्माले स्वागत र सल्लाहकार मातृका बस्ताकोटीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
बेगनासताल धार्मिक पर्यटन विकासमा ध्रुवनाथ
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
माघ १४, २०७९