राष्ट्रकवि उपचारार्थ भारतमा

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७५

काठमाडौँ, ९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई बुधवार थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ।

उनको सानो आन्द्राबाट आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको उनका छोरी उषा अधिकारीले जानकारी दिइन्।

वैशाख २८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि घिमिरेको रक्तस्राव नरोकिएपछि अपराहृन ५ बजे जेट एयरको विमानमार्फत भारत लगिएको उनले बताए।

राष्ट्रकविको घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तस्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लैजानुपरेको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले बताए। घिमिरेका साथमा उनका छोरा इन्दीवर र ग्राण्डी अस्प्तालका चिकित्सक डा रोहित चौधरी भारत गएका छन्।

करिब चार महिनादेखि अस्वस्थ हुँदै आएका घिमिरेको मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • मधेसमा ‘बोक्सी हुन्न’ अभियान

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    हेमजा । मधेस प्रदेशका विभिन्न जिल्लामा ‘बोक्सी हुन्न’ अभियान संचालन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान…
  • भगिनी सम्बन्धको दुरुपयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बालकृष्ण गौतम जेठमा कोरिया गए । गाउँपालिकाले ‘सिजनल भिसा’ मा कोरिया जान सिफारिस गरेपछि उनी…
  • बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    लमजुङ । बेंशिसहर–८ की १९ वर्षीया साधना श्रेष्ठको उपचारमा आर्थिक अभाव सिर्जिएको छ । राइनोरियाका कारण उनको उपचारमा धेरै रकम…
  • नागरिक विधेयक प्रक्रियामा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि उत्पन्न तरंग कसरी साम्य होला भन्ने संशयबीच सो विधेयकको पुनः…
  • मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून

    रासस भाद्र १, २०७९
    काठमाडौं । ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन…

hero news full width