पोखरा, ९ जेठ । अस्पतालमध्ये पोखरामा सबैभन्दा बढी आन्दोलन हुने, मनिपाल अस्पताल । जहाँ कर्मचारीमात्र होइन, चिकित्सक समेत आन्दोलनमा उत्रदँैआएका छन् । भारतीय व्यवस्थापन भएकाले क्षतिपूर्र्ति सवालमा मनिपालमा बढी तनाव हुने गरेको छ । मनिपाल अस्पतालमा आन्दोलन नगर्न स्थानीयवासीको आग्रह छ । कर्मचारी आन्दोलनका कारण अस्पताल २ दिनदेखि ठप्प छ । तर, फूलबारी क्षेत्रको प्रमुख केन्द्र मनिपाललाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन स्थानीयले आग्रह गरेका छन् ।
आन्दोलन पीडित भनिएका पक्षबाट हुने तर अस्पताल बन्द गर्न नहुनेमा स्थानीय अस्पताल प्रशासनसँग लागेको जस्तो देखिएपछि आन्दोलनकर्ता मात्र होइन, प्रमुख जिल्ला अधिकारीको समेत दुर्वचन खानुपरेको उनीहरुले गुनासो गरे । क्लबले बुधबार पत्रकार सम्मेलन नै गरेर अस्पताल प्रशासनसँग मिलेर आफूहरुले पैसा खाएको आरोप कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले लगाएको भन्दै खण्डन गरेको छ ।
क्लब अध्यक्ष हरिश्चन्द्र बास्तोलाले स्वास्थ्यजस्तो अत्यावश्कीय सेवा अवरुद्ध हुँदा सर्वसाधारण जनता मारमा पर्ने हुँदा कानूनी व्यवस्था कार्यान्वयन गर्दै अस्पताल जस्तो ठाउँ बन्द गर्न नहुने बताए । उनले पीडित पक्षको अधिकारका लागि क्लबले सहयोग गर्ने तर अस्पताल बन्द गर्ने कुरामा समर्थन गर्न नसक्ने बताए ।
अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारी रमेश बोहरा, टेकबहादुर विक, नीलकण्ठ भट्टराई, लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल फार्मेसीमा हिनामिना गरेको आरोपमा निस्काशन गरेपछि अहिले अस्पतालमा कर्मचारी आन्दोलन गरेका छन् । कर्मचारीका कारण हिनामिना नभएको, फार्मेसीमा औषधि खरिद प्रक्रिया, बिक्री वितरणमा अस्पताल प्रशासनकै हात हुने भन्दै कर्मचारीमाथि कारबाहीको विरोधमा मनिपाल बन्द छ । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मनिपाल इकाइ, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपाल इकाइ, मनिपाल स्वतन्त्र कर्मचारी युनियनको संयुक्त ऐक्यबद्धतामा आन्दोलन भएको छ ।
तत्काल अस्पताल खुलाइ बिरामीको उपचारमा सहजीकरण गर्न भन्दै क्लबले वडा ११, कार्यालयलाई अनुरोध गरेको थियो । तत्काल वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो । यस क्रममा प्रमुख जिल्ला अधिकारीबाटै गैरजिम्मेवार जवाफ पाएको भन्दै वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले आपत्ति जनाए ।
क्लबले लेखेको पत्रमा ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रभित्र हुने कुनै पनि आन्दोलनलाई निषेध गर्दै यथाशीघ्र समस्या समाधान गर्न’ उल्लेख छ । वडाध्यक्ष बास्तोलाले मनिपाल अस्पताल यस क्षेत्रकै गहना भएको र सस्तो सर्वसुलभमा औषधोपचार हुने भएकाले सर्वसाधारणको हितका लागि पनि बन्द गर्न नहुने बताए ।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९