पोखरा, ९ जेठ। २०३३ सालको भगवतीटार बाढीपहिरोबाट पीडित परिवारको बृहत् भेलाले सङघर्ष समिति गठन गरेको छ।
भगवतीटार बाढीपहिरो पीडित सङघर्ष समिति नाम दिइएको समितिको अध्यक्षमा रामनाथ अधिकारी सँगी चयन भएका छन्। यसैगरी समितिको उपाध्यक्षमा सुशीला आचार्य, सचिवमा इमान गुरुङ र कोषाध्यक्षमा मोहनप्रसाद गुरुङ छन्।
सदस्य नन्दलाल रानाभाट, शोभा पौडेल रानाभाट, खिमबहादुर रानाभाट, शालु थापा गुरुङ र कृष्णकुमारी आचार्य छन्। तत्कालीन समयमा श्री ५ को सरकारबाट जग्गा दर्ता गरी प्रमाणपूर्जा दिनेबारे नापी गोश्वारा कास्की पोखरामा लेखेको पत्र आधारमा पीडितलाई वडा १५ र १८ मा जग्गा दिने भनेर पीडितका नाममा कित्ता काटिए तापनि हालसम्म सुनुवाइ नभएको समितिको ठहर छ।
जनताले बनाएको सरकारले पीडितका पक्षमा काम गर्ला भन्ने आश गरिरहेको बेला आफ्नो वेदना सुन्नुको सट्टा पीडितको बसोबासमा डोजर चलाएर बिचल्ली पार्ने काम भएकाले समिति गठन गर्नु परेको अध्यक्षले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९