पोखरा, ९ जेठ। भूतपूर्व विद्यार्थीबीच एकता कायम गर्न एसओएस हर्मन माइनर विद्यालयका भूतपूर्व विद्यार्थी एकजुट भएका छन्।
भूपू विद्यार्थी संघ एसओएस हरमन माइनर विद्यालय गण्डकी स्थापनाको औपचारिक घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसओएस बालग्रामका योजना निर्देशक भगतकुमार श्रेष्ठले संस्था चलाउँदा थुप्रै चुनौती आउने भएकोले त्यसलाई समाधान गर्न सबै विद्यार्थी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
भूपू विद्यार्थी डा रविमोहन ढकालले संस्थाले सबैलाई समेट्ने खालको कार्यक्रम गर्न सुझाव दिए। विद्यालयका प्रिन्सिपल राजेन्द्रकुमार श्रेष्ठले भूपू विद्यार्थी संघ एसओएस हरमन माइनर विद्यालय गण्डकी नमूना संस्था बन्ने अपेक्षा गरे।
एसओएस यूथ फ्यासिलिटी गण्डकीका र्डाईरेक्टर प्रदीपभक्त आचार्यले संस्था स्थापना गर्नु ठूलो विषय नभएर संस्थालाई निरन्तरता दिनु चुनौतीको विषय भएको बताए ।
समितिका अध्यक्ष विकास श्रेष्ठले विद्यालयका विद्यार्थी देशमा मात्र नभएर विदेशमा पनि छरिएर रहेकाले उनीहरु सबैलाई एकत्रित गर्ने उद्देश्यले समिति गठन गरेको बताए।
विकास श्रेष्ठको अध्यक्षतामा गठित ९ सदस्यीय समिति उपाध्यक्षमा सम्झना पराजुली, सचिवमा अमृतकुमार पौडेल, कोषाध्यक्षमा अञ्जु गुरुङ, सदस्य राजु लामा, कुमार गुरुङ, सम्झना लम्साल, एलिसा शर्मा, शंकर श्रेष्ठ रहेका छन्।
विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सम्झना पराजुली र सञ्चालन सचिव अमृतकुमार पौडेलले गरेका थिए।
एसओएस हरमन माइनर विद्यालयले अभिभावक गुमाए विभिन्न ठाउँका विपन्न बालबालिकाको अभिभावक बनेर उनीहरुलाई उपयुक्त वातावरणमा हुर्काउनुका साथै गास, वास, कपास, शिक्षा र संरक्षण दिदैँ आएको छ।
यस क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा आफूलाई स्थापित गर्न सफल विद्यालयले समाज धेरै बालबालिकालाई शिक्षा आर्जन गर्न छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ।
हाल एसओएस बालग्राममा १ सय ४७ जना बालबालिका छन् । विद्यालयले १ सय २० जनालाई छात्रवृत्ति प्रदान गरेको छ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९