काठमाडौँ, ८ जेठ : साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ।
मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत मंगलबार सार्वजनिक गरेको हो।
साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा मंगलबार बिहान ५:३४ मा काठमाडौँ महानगरपालिका- ८ गौरीघाटबाट पक्राउ गरिएको संयोजक पौडेलले जानकारी दिए।
यसअघि भारतबाट पक्राउ गरिएको भनिए पनि अनुसन्धान टोलीले गौरीघाटबाट पक्राउ गरिएको जानकारी दिएको छ।
यस प्रकरणमा २०७५ वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६५ जजनालाई अदालतमा उपस्थिति गराइसकिएको र अरू ३३ जना अहिलेसम्म पनि फरार रहेको पौडेलले बताए।
संयोजक पौडेलले घटना जेरीजस्तै जेलिएकाले गम्भीर रूपमा अनुसन्धान भइरहेको जानकारी दिए। “यी अभियुक्तबाहेक अन्य विषयमा पनि सूचना प्राप्त भएको छ, हामी चाँडै नै अरू अभियुक्तलाई पनि सार्वजनिक गछौँ” – उनले भने।
अनुसन्धानका लागि गठित टोलीलाई ४५ दिनको म्याद दिइए पनि टोलीले अनुसन्धान पूरा गरी नसकेकाले सरकारले टोलीको म्याद जेठ मसान्तसम्मका लागि थप गरेको छ। संयोजक पौडेलले सुन काण्डका मुख्य अभियुक्त गोरे समातिएकाले गोरेसँगको बयानबाट थप अनुसन्धान गरिने बताए।
२८ जना थुनामा
मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोपमा २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोप लागेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
यसैगरी अदालतले एक जनालाई तारेखमा र अर्का एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। तारेखमा रिहा हुनेमा प्रहरी जवान अमर थापा छन् भने हवल्दार विष्णु खड्कालाई रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
hero news full width
मुख्य समाचार
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९