लमजुङ, ८ जेठ। विद्यार्थी सिकाइ, संस्कार क्षमता प्रवर्द्धन गर्न एकदिने शैक्षिक मेला आयोजना गरिएको छ। घर, समुदाय तथा विद्यालयमा सिकाइ, संस्कार प्रवद्धन गरी बालबालिकाको आनीबानीको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।
सुन्दरबजार नगरपालिका-२, परेवाडाँडास्थित महेन्द्र मन्दिर माविमा मेला आयोजना गरिएको मेला उद्घाटन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बालबालिकाको शैक्षिक गुणस्तर बढाउन मेलाले निकै महत्व राख्ने बताए।
उनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरका साथ घरपरिवार तथा समाजमा संस्कार खस्किदै गएकाले हुँदा यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। शैक्षिक मेलाले विद्यालयमा पठन संस्कृतिको विकास हुने विश्वा उनले व्यक्त गरे।
विद्यालयका प्रधानाध्यपक बुद्धिबहादुर खड्काले विद्यालयको शैक्षिक गुणस्तर बढाउन शैक्षिक मेला आयोजना गरिएको बताए। उनले शैक्षिक मेलाले बालबालिकाको पढ्ने बानीकोविकास गरी शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास जागृत भएको बताए।
यता, अभिभावक कमलबहादुर तिवारीले भने, ‘सामुदायिक विद्यालय सुधार्न शैक्षिक मेलाको आयोजना गर्नुपर्छ।’
मेलामा मोडल कक्षा, विद्यार्थीका क्रियाकलाप, शैक्षिक सामग्री स्टल, गणित शैक्षिक सामग्री स्टल, घरमा पढाइ कुना स्टल तथा सृजनात्मक क्रियाकलाप स्टल गरी जम्मा १० वटा स्टल राखिएको थियो। मेलामा कक्षा १ देखि १० सम्म विज्ञान, गणित र नेपाली विषयसम्बन्धी शैक्षिक सामग्री पनि प्रदर्शनी भएको थियो।
सो अवसरमा मावि र आधारभूतस्तरीय चित्रकला प्रतियोगिता, कविता र कथा प्रतियोगिता, नृत्य प्रतियोगिता, अक्षरलेखन प्रतियोगिता समेत भयो।
कक्षा १ देखि ५ सम्म नेपाली अक्षर चिन्ने र अंग्रेजी अक्षर चिन्ने, गणितको समस्या हल गर्ने नगरपालिकास्तरीय प्रतियोगिता समेत गरिएको विद्यालयका प्रअ खड्काले जानकारी दिए। मेलामा विद्यार्थीले बालविवाहले समाजमा पारेको असरसम्बन्धी चेतनामूलक नाटक समेत प्रस्तुत गरेका सवोर्दय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताए।
महेन्द्र मन्दिर मावि २०१७ सालमा स्थापना भएको हो। सो माविमा हाल २ सय जना विद्यार्थी अध्ययनरत छन्। महेन्द्र मन्दिर माविको आयोजना र भिएसो नेपाल, सवोर्दय सेवाश्रम र आइसीयसको समन्वयमा मेला आयोजना गरिएका सवोर्दय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिए। मेला ४ सय बढीले अवलोकन गरेका थिए।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९