पोखरा, ८ जेठ। गोकुल जोशीको ८९ औं जन्मजयन्ती अवसरमा तनहुँ सर्म्पर्क समाज पोखराले दृष्टिविहीन विद्यार्थीलाई सहयोग वितरण तथा साहित्यिक कार्यक्रम गरेको छ।
समाजले पोखराको कुँडहर आधारभूत विद्यालयका कुल १ सय २० जना विद्यार्थीमध्ये १० जना दृष्टिविहीन विद्यार्थीलाई चामल, चिउरा, चना, नून, तेल, चाउचाउ लगायत खाद्यान्न सामग्री वितरण गरेको हो।
प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले दृष्टिविहीन विद्यार्थीलाई ममतामयी वातावरणमा शिक्षा प्रदान गरिनुपर्ने धारणा राखे।
समाजका अध्यक्ष शिवराज पौडेलले खाद्यान्न सहयोग गरी सामाजिक दायित्व वहन गर्न पाउँदा आनन्द महसुस भएकोे बताए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रूद्रकुमारी गुरूङले न्यून आयस्रोत भएका अभिभावकका बाबुनानी विद्यालयमा अध्ययनरत रहेको बताउँदै सहयोगप्रति आभार प्रकट गरिन्।
साहित्यकार स्ट्रगल रानाले प्रगतिशील साहित्यको क्षेत्रमा जनकवि गोकुल जोशीको योगदान महत्वपूर्ण रहेको बताए।
समाजका संस्थापक अध्यक्ष चन्द्रविक्रम अधिकारीले समाजले सामाजिक क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको बताए।
समाजका उपाध्यक्ष भरत केसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक अम्बिकाप्रसाद भट्टराईले सञ्चालन गरेका थिए।
कार्यक्रममा भीम रानाभाट, चन्द्रावती वाग्ले र निकेश गिरीले कविता वाचन गरेका थिए।
गोकुल जन्मजयन्ती अवसरमा वर्षेनि सामाजिक काम गर्दैआएको समाजले वित्तीय कारोबारका लागि माृतभूमि बचत तथा ऋण सहकारी संस्था समेत स्थापना गरेको छ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९