पोखरा, ८ जेठ । पिसजोन एकेडेमीमा वैशाख महिना विद्यार्थी सार्वजनिक गर्दै नगद पुरस्कारले सम्मान गरिएको छ।
हरेक महिनामा १ जना उत्कृष्ट अनुशासित, नियमति र लगनशील विद्यार्थीलाई नगदसहित सम्मान गरिने कार्यक्रम विद्यालयले राखेको हो।
पुरस्कृत विद्यार्थीको वर्षभरि नै कक्षामा फ्लेक्स प्रिन्ट फोटो राखिने व्यवस्था गरिएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए।
युकेजीदेखि १० कक्षासम्म प्रत्येक कक्षाबाट हरेक महिना एक-एक जनालाई उत्कृष्ट विद्यार्थी घोषित गर्दै ५ सय र फ्लेक्स प्रिन्ट फोटो कक्षामा टाँसी विद्यार्थीलाई प्रोत्साहित गर्ने शर्माले जानकारी दिए। वैशाखमा उत्कृष्टता प्रदर्शन गर्दै सम्मानित हुनेमा युकेजीबाट सलिना गुरुङ, कक्षा १ बाट श्रीषा भट्टराई, कक्षा २ बाट सुप्रिया पौडेल, कक्षा ३ बाट समीक्षा घले सम्मानित भए।
त्यसैगरी कक्षा ४ बाट सौगात कुँवर, कक्षा ५ बाट एञ्जल गुरुङ, कक्षा ६ बाट ऋद्धि सुवेदी, कक्षा ७ बाट तिसर्ना सुवेदी, कक्षा ८ बाट रविकुमार चौधरी, कक्षा ९ बार्ट इच्छा श्रेष्ठ र कक्षा १० बाट पूजा पौडेल सम्मानित भए।
विद्यार्थीका प्रतिभा प्रस्फूटन गराउँदै उनीहरुमा रहेका अन्तरनिहीत क्षमता उजागर गर्ने सिलसिलामा फरक सोच र शैलीका साथ यो कार्यक्रम ल्याइएको विद्यालयका प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए। हरेक महिना उत्कृष्ट विद्यार्थीलाई सम्मानित गर्दै जाने विद्यालयले जनाएको छ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९