पोखरा, ७ जेठ । कास्की प्रहरीले ठूलो परिणाममा लागु औषध बरामद गरेको छ ।
सो कारोबारमा संलग्न १० जनासहित प्रहरीले चरेश ६.२५ केजी, डाइजापाम ५ सय ४ थान, फेनेरागन ५ सय ४ थान, नफिर्न ५ सय ४ थान र नाईट्रोसन १ सय १८ चक्की बरामद गरेको हो ।
युवा लागुऔषधको कुलतमा फसेर घरपरिवार, समाज र देशलाई नै समस्या बन्दै गइरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै प्रहरीले संचालन गरेको लागू औषध नियन्त्रण महाअभियानअर्न्तर्गत नगरक्षेत्र भित्रिने नाका तथा विभिन्न शंकास्पद वडा क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन हुँदा सो परिणामको लागुऔषध बरामद सम्भव भएको हो ।
सो कारोबारमा संलग्न रहेको अभियानमा पक्राउ पर्नेमा पोखरा १८ का २१ वर्षेर्र् इश्वर परियार, मकवानपुर जिल्ला पालुङ २ का ६८ वर्षे कर्णबहादुर गोले, पोखरा ६ बस्ने वर्ष ४० का लक्ष्य परियार, सर्लाही जिल्ला नवलपुर ७ बस्ने वर्ष ३२ को नीरज कार्की, धादिङ जिल्ला नीलकण्ठ १३ बस्ने वर्ष ३७ का सुमन भन्ने कर्णबहादुर गुरुङ, पोखरा ५ का ३० वर्षे दीपेश थापा, कास्की भुर्जुङखोलाका २४ वर्षे अरविन बास्तोला, पोखरा १८ का राजेश बि.क., पोखरा २५ हेमजाका २९ वर्षे सञ्जीव पुजामगर र नुवाकोट जिल्ला तार्केश्वर ३ घर भै हाल काठमाडौं माछापोखरी बस्ने वर्ष ४० का जुठे भन्ने विष्णु परियार छन् । निजहरुमाथि आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले विज्ञप्तिमार्फ जनाएको छ । यसैगरी प्रहरीले सार्वजनिकस्थलमा धूमपान गर्ने, युवायुवतीबीच समाजमा अपाच्य हुने क्रियाकलाप गर्ने, युवतीलाई जिक्स्याउने लगायत कार्यक्रममा संलग्न रहेको अभियोगमा एकैदिन ९१ युवायुवती नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ ।
जिल्लाको सुरक्षास्थिति आँकलन गरी तयार १२ बुँदे कार्ययोजनाअर्न्तर्गत आपराधिक क्रियाकलाप उपुर कानूनको कठोरता आत्मसाथ गर्दै विवेकपूर्ण प्रहार, छुट्टाछुट्टै स्क्वायड -पिलर) खडा गरी अपराधी खोजतलास र कारबाही नियमित रुपमा सातामा एकपटक स्वीप अप्रेसनमा आइतबार पोखरा क्षेत्रबाट यति ठूलो संख्यामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले अवैध यौन व्यवसायमा संलग्न रहेको अभियोगमा समेत ६ जनालाई पक्राउ गरेको छ । पोखरा ७ शान्तिनगरस्थित विसाल गेष्ठ हाउसबाट अबैध यौन धन्दा गर्ने ५ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । यस्तै मिटरमा जान नमान्ने ७ वटा ट्याक्सी र मोडिफाई गरिएका ७ मोटरसाइकल नियन्त्रणमा परेका छन् । प्रहरीको नजर यतिबेला घरेलु मदिरा नष्ट अभियानमा पनि गएको छ । जसअर्न्तर्गत पोखरा १५, सेन्टमेरिज स्कुल नजिकैको घलेचोक र रामबजारस्थित घर तथा बस्तीमा वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रनि दीपकबहादुर केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले ठूलो परिणाममा घरेलु मदिरा तथा सो बनाउन प्रयोग गरिने भाँडावर्तन बरामद गरेको छ ।
मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ४ हजार २ सय ५० लिटर, घरेलु मदिरा करिब ३ सय ५० लिटर, तामा, सिल्बट र माटोका ५ थान भाँडा, मदिरा राख्ने ३० र ६० लि.का ८८ वटा प्याष्टिकका भाँडा बरामद गरिएको हो । यस्तै, केही सार्वजनिक अपराधमा संग्लन रही फरार रहेका अभियुक्त पोखरा २७ बस्ने वर्ष २४ का अनिल सुनार र वर्ष २४ को सन्दीप सुनारलाई पक्राउ गरिएको छ ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९