पोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ।
महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो।
जसअनुसार विजयपुरदेखि जिरो किमीसम्म बीच सडकमा रहेका बिजुलीका पोल पनि सडक छेउमा सार्ने निर्णय महानगरपाकिाले गरेको छ।
सडक बीचमा रहेका १७ पोललाई एक हप्ताभित्र सडक छेउमा सारिने ट्राफिक व्यवस्थापन समितिका फोकलपर्सन सुरेन्द्र पौडेलले जानकारी दिए। बिजुलीको पोल सडकमा हुँदा दुर्घटना हुनका साथै ट्राफिक व्यवस्थापनमा समेत असर परेको उनले बताए।
मापदण्डविपरीत निर्माण गरिएको भौतिक संरचना ७ दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने पौडेलले जानकारी दिए।
उनका अनुसार सडकको आसपासमा स्थायी संरचना, वर्कसप तथा जथाभावी निर्माणका सामग्री राख्दा ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको कारण हटाउन लागिएको हो।
हटाउन तोकिएको सूचनालाई बेवास्ता गरेमा ५ हजार रुपैयाँ जरिवाना गरिने छ।
महानगरले पोखराका मुख्यबजार क्षेत्रका सडकमा गरिने पार्किङको विकल्प खोज्ने निर्णय गरेको छ। महानगरपालिकाले व्यक्तिको जग्गा भाडामा लिएर ट्राफिक व्यवस्थापन गर्न सूचना जारी गरिसकेको छ।
संघसंस्थाले आफ्ना सवारीसाधन पार्किङको व्यवस्थान आफैले गर्नुपर्ने र सडक जाम हुने गरी नगर्न संघसंस्थालाई सूचना जारी गर्ने निर्णय महानगरपालिकाले गरेको छ।
विशेष गरी पार्टीप्यालेस छेउका सडकमा लामो समयसम्म सवारीसाधन पार्किङ गर्दा ट्राफिक जाम हुने गरेकोले पार्टीप्यालेस आफैले पार्किङ व्यवस्थापन गर्नुपर्ने पौडेलले बताए। बजारका विभिन्न चोकका टयाक्सी पार्किङलाई पनि व्यवस्थित गर्ने योजना महानगरपालिकाले बनाएको छ। पृथ्वीचोकको बसपार्कमा लामो समय पार्किङ गर्ने बस पनि हटाउने निर्णय नगरपालिकाले गरेको छ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९