हेमजा, ७ जेठ । अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीस्थित दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालित दुर्इदिने नेतृत्व विकास अभिमुखीकरण तालिम सोमवार सम्पन्न भएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष सगुन गुरुङले नेपालमा सहकारी र सामुदायिक वन सबैभन्दा सफल योजना रहेको सुनाउँदै समूहमा मिलेर काम गर्न सहभागीलाई आग्रह गरिन् ।उनले सिकेको सीप व्यवहारमा उतार्न सुझाव दिँदै पछाडि परेका महिलालाई तालिमले फाइदा दिएको बताइन् ।
सहकारी व्यवस्थापक अम्बिका कुँवरले आजका महिला आफ्नो घरको चुल्हो र चौकोमा मात्र सीमित नबसी घरबाट बाहिर निस्केर समूहमा कार्य गर्नुपर्ने औँल्याइन् ।
पत्रकार श्रीभद्र पौडेलले महिला सशक्तिकरणको पक्षलाई सिद्घान्तमा भन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेकोमा जोड दिए।
नव सिर्द्घार्थ महिला सहकारी पोखराकी अध्यक्ष कल्पना श्रेष्ठले सहभागि महिलाहरुलाई बैंकमा नभई एउटै सहकारी संस्थाबाट मात्र कारोबार गर्न सुझाव दिइन् । उनले तालिमबाट प्राप्त सीप दैनिक जीवनमा प्रयोगमा ल्याउन आग्रह समेत गरिन् ।
सो अवसरमा सहभागीतर्फबाट कृष्णकुमारी सुवेदी, हरिमाया अधिकारी, बाटुली नेपाली र खिमा भण्डारीले आ-आफ्ना अनुभव सुनाएका थिए ।
उक्त तालिममा पोखरास्थित सिर्द्घार्थ क्लबका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बैठक बस्ने प्रणाली, माइन्युट लेखन र प्रतिवेदन लेखनका सम्बन्धमा प्रशिक्षण दिएका थिए । तालिममा सहकारीका सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति र सहकारीका छिमेकी वडाका प्रतिनिधिको सहभागिता रहेको थियो। सहकारी अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न समापन समारोह कोषाध्यक्ष खीमा भण्डारीले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९