लेखनाथ, ७ जेठ। रक्त सञ्चार केन्द्र, पोखरामा देखिएको रगत अभाव कम गर्न नेपाल रेडक्रस सोसाइटी पोखरा लेखनाथ २६, राखी उपशाखा र जुनियर सिटिजन एकेडेमी सर्कलले आकस्मिक रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ३३ युनिट रगत संकलन भयो ।
हालसम्म ३१ पटक रक्तदान गरेका हेमकाजी रानाभाटलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्दै रेडक्रस सोसाइटी कास्की शाखा उपसभापति डण्डराज शर्माले रगतको अभावमा कोही कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनी शुभेक्षा व्यक्त गरे ।
उपशाखा सभापति चन्द्रबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति मुरारी शर्मा, भवानी कालिका मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर रानाभाट, रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक अर्जुनप्रसाद ज्ञवाली, रेडक्रस युवा उपसमिति कास्की संयोजक नारायणप्रसाद अधिकारी, बूढीबजार बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष अशोकप्रसाद बराल, जुनियर सिटिजन एकेडेमीका भाइस प्रिन्सिपल टीकाराज न्यौपाने र रक्तदाता सञ्जीव पौडेल लगायतले रक्तदानको महत्व र उपयोगिताबारे जानकारी गराएका थिए ।
कार्यक्रम संयोजक सुन्दरमणि ढकालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन उपशाखाका सचिव एलपी ढंुगानाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९