पोखरा, ७ जेठ। नेपाल मुस्लिम संघ कास्कीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। संघले विभिन्न ६ बुँदे माग सहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई पठाएको हो।
नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खान पैठानले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमा मुस्लिम समुदायका महान पर्वहर्रु इद, बकरइद र हजरत मुहम्मद जयन्तीमा सार्वजनिक बिदा घोषणा गर्नुपर्ने, परम्परादेखि भोगचलन गर्दैआएका कब्रस्थानलाई दर्ता गराई निस्सा प्रदान गर्नुपर्ने, मुस्लिमको प्रतिशत अनुसार क्लष्टर छुट्याई विज्ञापन गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, सरकारले रोकेको मदरसा दर्ता र अनुदान तत्काल फुकुवा गरी मुस्लिम बालबालिकालाई शिक्षा हासिल गर्ने वातावरण बनाउन, सरकारी तथा अर्धसरकारी निकायमा राजनीतिक नियुक्ति गर्दा मुस्लिम समुदायको प्रतिनिधित्व गराउन र मुस्लिम आयोग तत्काल क्रियाशील बनाउन माग गरिएको छ।
ज्ञापनपत्रमा वर्तमान सरकारमा १ जना पनि मुस्लिम नअटाउनुले गठबन्धन सरकार मुस्लिमविरोधी रहेको निष्कर्ष सहित मुस्लिम संघ केन्द्रीय कार्यसमितिको वैशाख ३ गतेको बैठकले माग पूरा गर्न तथा हक, अधिकार सुनिश्चितताका लागि जेठ ७ गतेदेखि आन्दोलन गर्ने निर्णय गरेको थियो।
‘आन्दोलनको स्वरुप नै ज्ञापनपत्र बुझाएका हौं,’ संघ कास्कीका अध्यक्ष हारुन खान पैठानले भने, ‘समयमा नै हाम्रो माग र अधिकारप्रति सरकार गम्भीर बनोस् भन्ने चाहन्छौं।’
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९