लमजुङ, ८ जेठ। लमजुङमा औद्योगिक ग्रामका लागि सुन्दरबजार नगरपालिकाले ४ सय रोपनी जग्गा उपलब्ध गराउने भएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त जग्गाको निरीक्षण गर्दै उद्योग ग्रामको सम्भावना रहेको बताए।
‘लमजुङ धेरै सम्भावना भएको ठाउँ हो तर यतिबेला विद्युत्, ग्रामीण पर्यटन र कृषि यसको सम्भावनाका क्षेत्र रहेको देखिन्छ,’ मन्त्री लम्सालले भने। विद्युत् बेचेर धनी हुनेभन्दा पनि त्यसको प्रयोग गरेको धनी हुने प्रकारको सोचबाट योजना बनाएका काम गर्न उपयुक्त हुन्छ भन्ने सल्लाह दिँदै उनले विद्युतीय मोटरको पार्ट जोडेर तिनको उत्पादन गर्ने उद्योग खोज्न सकिने सम्भवान औँल्याए।
यस्तै, उनले करप्रणाली चुस्त र व्यवहार उपयोगी बनाइने प्रतिवद्धता व्यक्त गरे। सांसद धनञ्जय दवाडीले लमजुङमा औद्योगिक ग्राम स्थापनाका लागि सबैभन्दा बढी सम्भावना रहेको स्थान हाडेटार रहेको र यसका लागि आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए। जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेले यहाँ जस्तो सहजरूपमा उद्योग सञ्चालनका लागि उपलब्ध गराउन सक्ने मिलेको जग्गा जिल्लाका अन्य कुनै पनि स्थानीय तहमा नभएको बताए।
औद्योगिक ग्रामका लागि आवश्यक परे १ हजार रोपनीसम्मको जग्गा उवलब्ध गराउन आफूहरू तयार रहेको सुन्दरबजार नगरपालिकाका मेयर जनक मिश्रले प्रतिबद्धता व्यक्त गरे।
लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइले आयोजना गरेको कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायकर्मीले करको भुक्तानी र चुक्ता प्रमाणपत्र लिन पोखरा जानु पर्दा झन्झट, खर्च र दुःख बढी खेप्नुपरेको हुँदा जिल्लामै त्यस्तो व्यवस्था हुनुपर्ने माग गरेका थिए।
संघ सुन्दरबजार इकाइ अध्यक्ष सोमबहादुर न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव खेम गुरूङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९