विद्यार्थी नेता थापाद्वारा विद्यार्थीलाई सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७५
nebisangh help

पोखरा,  ७ जेठ। नेपाल विद्यार्थी संघ कास्कीका नेता सौगात थापाले आर्थिक अभावमा रहेका दुर्इ विद्यार्थीलाई सोमबार सहयोग गरेका छन्।

नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलको पहल तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालको समन्वयमा उनले विद्यार्थीलाई सहयोग गरेका हुन्।

उनले पोखरा लेखनाथ महानगरपालिका वडा १३ स्थित भद्रकाली उच्च माविमा कक्षा ५ की छात्रा एलिना थापा र कक्षा २ की छात्रा कृष्टिना थापालाई शैक्षिक सामाग्री तथा पोशाकका लागि जनही ५-५ हजार सहयोग गरेका थिए।

आफूले सामाजिक कार्यअर्न्तर्गत विद्यार्थीलाई सहयोग गरेको विद्यार्थी नेता थापाको भनाइ छ।

आर्थिक अभावका कारण ती विद्यार्थीको पठनपाठन प्रभावित भएको थाहा पाएपछि सहयोगका लागि समन्वय गरेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालको भनाइ छ।

उनले नेपाल विद्यार्थी संघ कास्कीका नेता थापाले विद्यार्थीलाई गरेको सहयोगको प्रशंसा गरे।

Related News

सम्बन्धित समाचार

  • सन्तुलित भोजनबारे ताओ एसोसिएसनको सचेतना

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा । ताओ एसोसिएसन अफ नेपाल गण्डकी प्रदेशले सोमबार पोखरामा मानव स्वास्थ्य र सन्तुलित खानपानसम्बन्धी सचेतनामूलक अन्तक्र्रिया गरेको छ । दसैं,…
  • पद्म नर्सिङ होम नदीपुरमा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा । पद्म नर्सिङ होम प्रालि सोमबारदेखि नदीपुरस्थित आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ । पोखराकै सबैभन्दा पुरानो निजी अस्पताल पद्म…
  • श्रमिक सुरक्षाबारे चिन्ता

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा । एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) आयोजनामा टिम विल्डिङ कार्यशाला गोष्ठी भएको छ । दक्षिण…
  • बास नेपालको केन्द्रीय कार्यालय भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    नेपालगन्ज । बास नेपाल केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा १८, भुजईगाँउमा स्थानीय जग्गादाता माधवराम बर्माले…
  • नेपाल निर्माण व्यवसायी संघको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले दसैंतिहार, नेपाल संवत् ११४३ तथा छठ पर्व अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको…

hero news full width