पोखरा, ७ जेठ । गण्डकी विकास बैंकले धनगढी शाखा औपचारिक उद्घाटन गरिएको छ। प्रदेश ४ का मुख्यमन्त्री त्रिलोचन भट्टले शाखा उद्घाटन गर्दै बैंकको सफलताको कामना गरे। उनले बैंकले ग्राहकलाई प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिए।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर बडले बैंकको प्रगतिको कामना गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैकले प्रदान गर्ने सेवासुविधा, बैंकका गतिविधि र भावी कार्यक्रमबारे जानकारी दिए।
कार्यक्रममा नवजीवन सहकारी संस्था अध्यक्ष चक्रबहादुर सिंहले पनि शुभकामना मन्तव्य दिए।
बैंक अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम बुटवल रिजनका क्षेत्रीय प्रमुख मिलनकुमार पुनले सञ्चालन गरेका थिए।बैंकले सो शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ सेवा प्रदान गर्दैआएको छ।
गण्डकी विकास बैंकले चालु आव २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ र कर्जातर्फ १८ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए।
बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटिएम, एसएमए, सि-आस्वा, आइपिएस, मोवाइल बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवासमेत प्रदान गर्दैआएको छ। यस्तै न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्ध लघु वित्तकर्जा समेत प्रदान गर्दैआएको छ।
हाल बैकका विभिन्न ठाउँमा १८ वटा शाखा निर्माणाधीन छन्। यसै आवमै सञ्चालनमा आउने ती शाखापछि सातै प्रदेशमा गरी ७७ वटा शाखा हुने सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले जनाए।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९