पोखरा, ५ जेठ। नेपाली काँग्रेसले युवालाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा पोखरामा शनिवार आयोजित कार्यक्रममा जोड दिइएको छ।
‘अब पार्टीका अघिल्लो पुस्तालाई सम्मान गर्ने हो, युवालाई प्राथमिकताका साथ जिम्मेवारी दिनुपर्छ,’ वक्ताले भने-‘युवालाई अघि सार्न सके पार्टीसशक्त बन्ने छ।’
नेपाल तरुण दल कास्कीले पोखरामा शनिवार आयोजना गरेको जनताको साथमा तरुण दलविषयक अन्तक्रिर्यामा काँग्रेसका नेताले पार्टीकाई जनताको बीचमा लैजाने जिम्मेवारी तरुणहरुको काँधमा रहेको बताए। प्रमुख अतिथि नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं पूर्व राज्यमन्त्री महादेव गुरुङले पार्टीकाई नयाँ उत्साह, सोच र दृष्टिकोणबाट अघि बढाउनुपर्ने आवश्यकता औल्याए। उनले पार्टीभत्र चलेको गुटको कारखाना अन्त्य गर्दै सवल र बलियो काँग्रेस निर्माणका लागि पार्टीपुनःनिर्माण गर्न आवश्यक रहेको बताए। देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण र युवा स्वरोजगार अभियानका लागि तरुण दलले विशेष अभियान चलाउनुपर्ने उनको भनाइ छ। देशमा कम्युनिष्ट अधिनायकवादको संकेत आउन सक्ने भन्दै उनले तरुण दलले राजनीतिक जागरण चलाउनुपर्नेमा जोड दिए।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीकाई सशक्त बनाउन सबैको साथ र सहयोग जरुरी भएको उल्लेख गरे।
नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारीले कमी कमजोरी सच्याउन तयार भएर पार्टीकाई एकढिक्का बनाउनुपर्ने बताए।
त्यस अवसरमा पूर्व सांसद शारदा पौडेल, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, नेपाल ट्रेड युनियन प्रदेश ४ का सभापति मुरारी शर्मा, नेपाली काँग्रेस कास्कीका सदस्य शंकर ढुंगाना, क्षेत्र १ का सचिव सुरजजंग राणा, नेपाल महिला संघ कास्कीकी सचिव कमलाविन्दु बराल, जिल्ला सहसचिव पुजन थकाली, नेपाल तरुण दलका क्षेत्रीय सभापति दीपक गुरुङ, डिआर भट्टराई, महाधिवेशन प्रतिनिधि दुर्गा लामिछाने, क्षेत्रीय सदस्य पवित्रा थापा, स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसका सभापति आशिक गुरुङ र माछापुच्छ्रे गाउँपालिका वडा १ का अध्यक्ष वीरेन्द्र गुरुङले बोलेका थिए।
कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य दिवशमान प्रधानाङ, निवर्तमान केन्द्रीय सदस्य ऋषिराम काफ्ले र पब्लिक कलेज प्रजातन्त्रवादी संघका केन्द्रीय सचिव वेदहरि तिमिल्सिनाले सहजीकरण गरेका थिए।
नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमलाल पुनले स्वागत, कोषाध्यक्ष जीवनप्रसाद बास्तोलाले धन्यवाद ज्ञापन र सचिव नरेन्द्र थापाले सञ्चालन गरेका थिए।
तरुण दलले शनिवार देशभर नै अन्तर्क्रिया गरेको छ। केन्द्रीय कार्य समितिको परिपत्र अनुसार, कास्कीमा पनि कार्यक्रम गरिएको हो।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९