लेखनाथ, ५ जेठ। वडा प्रहरी कार्यालय, पावरहाउका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुशील घिमिरेलाई स्थानीयवासीले स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक घिमिरेले शान्तिसुरक्षा कायम राख्न सुरक्षा निकाय सदैव स्थानीयवासीको साथमा रहेको बताए । उनले यस क्षेत्रका जनताको सहयोग र साथ पाएमा अझ सशक्तरुपमा आफू लाग्ने विचार व्यक्त गरे ।
प्रहरी सेवामा २० वर्ष लामो सेवा गरेका प्रहरी निरीक्षक घिमिरे लमजुङ श्रीभञ्ज्याङ दोर्र्दीका हुन् । यसअघि उनी जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत थिए ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा प्रहरी कार्यालय भवन निर्माण समिति अध्यक्ष मीनबहादुर केसी लगायत स्थानीयवासीले निरीक्षक घिमिरेको सफल कार्यकालको शुभकामना दिए ।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९