जयकोट भूमे मन्दिरलाई गुरुङ परिवारको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७५

हेमजा, ५ जेठ। माछापुच्छे्र गाउँपालिका-६, धितालमा निर्माणाधीन जयकोट भूमे मन्दिरलाई हेमजाकोटका पूर्व बेलायती सेना हर्कबहादुर गुरुङको परिवारले सहयोग गरेको छ।

हर्कसहित श्रीमती जगन गुरुङले हेमजाकोटमा एक कार्यक्रमबीच १ मिटर लामो तामाबाट बनेको गजुर तथा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्।

यस्तै, गुरुङ दम्पत्तीले स्थानीय आमा समूहलाई र बाजा समूहलाई पनि १५/१५ हजार रुपैयाँ सहयोग गरेको छन्। सोही अवसरमा मन्दिर मर्मतका लागि स्थानीय महेन्द्र केसीले ११ हजार पाँच सय सहयोग गरे।

कार्यक्रममा हर्कबहादुर गुरुङले मन्दिरप्रति अगाध आस्था रहेको बताउँदै सबैले आफू जन्मेको ठाउँलाई माया गर्नुपर्ने बताए। उनले बेलायतमा आफूले मन्दिरको नामबाट संस्था खोलेको पनि जानकारी दिए। मानिस मरेर जाँदा सम्पत्ति नभई धर्म बोकेर जाने उनको विश्वास थियो।

वडाध्यक्ष हरिशचन्द्र ढुंगानाले मन्दिर मर्मतमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे। उनले जयकोट भूमे मन्दिर, हेमजाकोट र बराह मन्दिर धितालको पहिचान भएकाले तिनको संरक्षणमा सबै वडावासी लाग्नुपर्ने औल्याए।

मन्दिर मर्मत तथा संरक्षण समिति अध्यक्ष अम्बरबहादुर क्षेत्रीले हालसम्म मर्मतकै लागि २१ लाख बढी संकलन भएको बताए। उनले मन्दिर मर्मतक्रममा कुनै आर्थिक अपचलन नहुने स्पष्ट पार्दै धितालको सामाजिक हितका लागि अब हेमजाकोटमा समाजघर निर्माण आवश्यक रहेको औल्याए। कार्यक्रममा समाजसेवी दुर्गाप्रसाद पौडेल, काँग्रेसका क्षेत्रीय सहसचिव राजाराम पौडेल, समाजसेवी खड्कबहादुर गुरुङ, रुद्रमणि ढुंगाना, नेकपाका नेता रुद्रबहादुर क्षेत्री, मर्मत समितिका उपाध्यक्ष गोपिमान गुरुङ, सदस्य चूडामणि गौतम, सदस्य शिवप्रसाद ढुंगाना लगायतले मन्दिर मर्मत गरी स्थानीयले सो मन्दिरलाई आस्थाको केन्द्र बनाउन लागिपरेको सुनाए।

मन्दिरमा सो वडा एवं धम्पुस, लुम्ले, ताञ्चोक, भिचुक, तोल्काबाट समेत पूजा गर्न भक्तजन आउने गरेका छन्। एक तलाको मन्दिरलाई मर्मत गरी तीन तलाको बनाइएको छ। मन्दिरको दक्षिण र उत्तरपट्टिसालको मयूँर झ्याल, पूर्वपट्टी आँखी झ्याल निर्माण गरिएको छ। मन्दिर मर्मत कार्य करिब ७५ प्रतिशत सकिएको निर्माण समितिका सचिव छविरमण पौडेलले बताए। मन्दिरमा प्रत्येक वर्ष मंसिर, फागुन, चैत र वैशाख महिनामा सामूहिक रुपमा पूजा गरिँदैआएको छ। मन्दिरमा पूजा गरेपछि अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि नहुने, असिना नपर्ने, बाढीपहिरो नजाने, भूक्षय नहुने विश्वास छ।

मन्दिर क्षेत्र अवलोकन एवं अन्य स्थानको समेत दृश्यावलोकन गर्न भ्यू टावर, मन्दिर क्षेत्र कम्पाण्ड, शौचालय निर्माण, स्थानीय स्याल्मेदेखि मन्दिर हुँदै धम्पुससम्म चार हातको सिंढी बाटो, धर्मशाला निर्माण साथै बिजुली पानीको स्थायी व्यवस्थापन गर्ने योजना पनि समितिले बनाएको छ।

मन्दिर मर्मत भएसँगै धितालमा धार्मिक पर्यटकको आगमनमा वृद्घिहुने विश्वास गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width