पोखरा, ५ जेठ। कस्मेटिक व्यवसायी संघ कास्कीको शनिबार चौथो वाषिर्क साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रममा हालसम्म संघलाई उत्कृष्ट योगदान गरेवापत प्रथम उपाध्यक्ष उमापति ढकाललाई कदरपत्रद्वारा सम्मान गरियो ।
त्यसैगरी, उत्कृष्ट अंक ल्याएर गत वर्षको एसर्इइ परीक्षा उत्तीर्ण सदस्यका छोराछोरीमध्ये अनम भण्डारी र उषा ढकाललाई संघले सम्मान गरेको छ ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले साधारणसभा उद्घाटन गर्दै कस्मेटिक व्यवसायीलाई गुणस्तरीय कस्मेटिक वस्तु बिक्री गर्न आग्रह गरे। मन्त्री बस्नेतले मुलुकले लिएको समृद्धिको यात्रामा व्यवसायीलाई लामबद्ध हुन आग्रह गरे।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद बास्तोला, ब्युटी पार्लर एशोसिएसन सल्लाहकार चीनु गुरुङ, पोखरा उद्योग वाणिज्य संघ सदस्य देवबहादुर भुजेल, नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति अध्यक्ष यामनाथ पौडेल र बुद्ध विशाल बजार एशोसिएसनका अध्यक्ष केशवबहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा संघका महासचिव प्रेमप्रसाद सुवेदीले महासचिवको २०७३/०७४ को वाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए।
संघका अध्यक्ष जगदीशप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष उमापति ढकालले स्वागत र महासचिव प्रेमप्रसाद सुवेदीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
मूल्यवृद्धिविरुद्ध राप्रपाले बुझायाे ज्ञापनपत्र
लेखनाथ उद्योग वाणिज्य संघको रजत स्तम्भ शिलान्यास
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
जेठ १४, २०७९गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९