पोखरा, ५ जेठ । रोटरी क्लब अफ पोखरा अन्नपूर्णले एक विद्यालयका १ सय १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै २० जना छात्रछात्रालाई छात्रवृत्ति समेत वितरण गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा २२, कालावाङस्थित भगवती निमाविका विद्यार्थीलाईलाई शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गरिएको क्लब अध्यक्ष बाबुराम बरालले जानकारी दिए । सहयोग सामग्री क्लब अध्यक्ष बराल, क्वालिटी लाइफ अफ नेपालका अध्यक्ष रामचन्द्र शर्मा, क्लबका पूर्व अध्यक्षहरु माधवप्रसाद सिग्देल, कृष्णमान गुभाजु र तेजनाथ न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा क्वालिटी लाइफ अफ नेपालका अध्यक्ष रामचन्द्र शर्मा, विद्यालय प्रधानाध्यापक डिलकुमारी गुरुङ, विद्यालय व्यवस्थान समिति अध्यक्ष प्रकाशचन्द्र गुरुङ र क्लब अध्यक्ष बरालले मन्तव्य राखेका थिए । वितरित शैक्षिक सामग्रीका लागि क्वालिटी लाइफ अफ नेपालले आर्थिक सहयोग उपलव्ध गराएको थियो। सो वितरणपछि क्लब टोलीले कालावाङ घरेडीमा होम स्टे कार्यक्रम गरेको थियो ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९