लेखनाथ, ५ जेठ। वेगनास ताल वरपर आन्तरिक एवं वाहृय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित वेगनासताल सरसफाइ अभियानमा ग्लोवल आइर्एमई बैंकले सहयोग गरेको छ।
वडा ३१ वेगनासमा रहेको वेगनास युवा क्लबको आयोजनामा जारी बृहत् वेगनासताल सरसफाइको १३ औं श्रृंखलासम्म आईपुग्दा सहयोग गर्ने संघसंस्थाहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।
प्रत्येक शनिबार हुँदै आएको अभियानअन्तर्गत यसपालि बैंकको वेगनास शाखाको सहयोग र स्थानीय आमा समूह तथा टोल विकास संस्थाको सहकार्यमा बेगनासताल बसपार्क, नहर चोकहुँदै ताल किनारसम्म सरसफाइ गरिएको क्लब अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए। कार्यक्रम वडाध्यक्ष कमलबहादुर थापा र बैंक वेगनास शाखा प्रमुख सुरेस ओलीले संयुक्त रुपमा शुभारम्भ गर्दै आफ्नो घरटोलको सरसफाइमा स्वयं स्थानीयवासी नै सक्रियताका साथ लाग्नुपर्ने सुझाव दिएका थिए।
यसैबीच, वडा ३० मा फोहर मैला ब्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
वडाका टोल विकास संस्था, आमा समूह, युवा क्लब तथा सामाजिक संघसंस्थाको सहभागिता रहेको कार्यक्रममा वडाध्यक्ष श्रीराम पोखरेलले वडावासीको साथ र सहयोगले वडालाई स्वच्छ र सफा राख्न सकिने बताए ।
कार्यक्रममा वडा सदस्य सोमलाल कँडेल, वडा सचिव दीपक कोइराला, सामुदायिक सेवा केन्द्र लेखनाथका सचिव त्रिलोचन लामिछाने, सहयोगी संस्था जस्र्र्टइन टाइम कन्ट्रक्सन प्रालिका प्रतिनिधि सञ्जु गुरुङ लगायतले फोहर वर्गीकरण गरी टोललाई कसरी सफा राख्न सकिन्छ भन्नेबारेमा बवैजना चिन्तनशील हुन आग्रह गरेका थिए।
Related News
सम्बन्धित समाचार
दर्शन लामाले बाँडे पोशाक
अपांगता भएका र गरिब विद्यार्थीलाई प्रोत्साहन भत्ता
सुत्केरीलाई पोषण भत्ता दिइने
आकस्मिक रक्तदानमा ५३ युनिट रगत
गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
जेठ १४, २०७९गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९