पोखरा, ५ जेठ । कास्कीका सुस्तश्रवण भएका महिलाहरुलाई चारमहिने गुडिया तथा बुटिक बनाउने तालिम शनिबारदेखि शुरु भएको छ ।
बहिरा संघअन्तर्गत बहिरा महिला विकास समितिको आयोजनामा शुरु भएको तालिमको सामाजिक अभियन्ता तथा अधिवक्ता सुष्मा पौडेलले उद्घाटन गरिन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेकी पौडेलले तालिमले महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सिकेका सीप व्यावसायीकरण गर्न सुझाव दिइन् । उनले अपांगता भएकालाई मायाभन्दा अवसर र उत्प्रेरणा खाँचो भएको भन्दै अपांगता भएकालाई सरकारले सीप र शिक्षाको निःशुल्क व्यवस्था गर्न माग गरिन् ।
राष्ट्रिय बहिरा महासंघका वरिष्ठ उपाध्यक्ष जमानसिंह गुरुङले सुस्त श्रवण भएकालाई सरकारले उपेक्षा गरेको भन्दै अपांगता भएकालाई माया होइन अवसर दिनुपर्नेमा जोड दिए । उनले अपांगताको हकहितको लागि काम गर्ने संस्था एकीकृत भएर काम गर्नुपर्ने आवश्यकता औल्याए।
संघमा उपाध्यक्ष कृष्ण बरालले सुस्त श्रवण भएका र अन्यलाई कामका आधारमा पारिश्रमिक दिन भेदभाव गर्न नहुने धारणा व्यक्त गरे ।
कार्यक्रममा युवा नेता शेखर गौतमले फरक क्षमता भएका व्यक्तिलाई राज्यले उचित सम्मान र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका सदस्य गीता तिवारीले आगामी दिनमा संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।तालिममा प्रशिक्षक शशि श्रेष्ठ, सुमित्रा श्रेष्ठ, पोखरा व्यवसायी महिला क्लबका रजनी श्रेष्ठ, सृजना बहिरा आवासीय माविका सहप्राध्यापक राजेन्द्रप्रसाद शर्मा, सल्लाहकार चन्द्रकान्त पौडेल, संस्थापक महिला सदस्य रश्मिला तुलाचन, सहभागी जशोधा कँडेल, जर्मनका नागरिक करिना, रोविन लगायतले बोलेका थिए ।समितिका अध्यक्ष प्रमिला थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रशिक्षार्थी कान्ता लामिछाने र सञ्चालन पार्वती भुजेलले गरेका थिए । दोभाषेको सहजीकरण रुद्रबहादुर पहारीले गरेका थिए । पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा सञ्चालित तालिममा १० जना भन्दा बढी सहभागी छन् ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
१ करोडमा माछापुच्छ्रे मिनी मार्ट
नागरिक लगानी कोष : अनलाइनबाट रकम दाखिलाबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९