पोखरा, ५ जेठ। एशिया मानवअधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) कास्कीले शनिवार सम्मान तथा बधाई ज्ञापन गरेको छ।
त्यस अवसरमा फोरमद्वारा स्थापित अक्षयकोषका सहयोगीदाता कल्पना गुरुङलाई सम्मान गरिएको थियो।
पर्वत पाखापानी घर भई हाल काठमाडौं निवासी दाता कल्पना गुरुङले अक्षयकोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेकी थिइन्। त्यसैगरी विभिन्न संस्थामा अध्यक्ष पदमा निर्वाचित भएका संस्थाका पदाधिकारीलाई बधाई ज्ञापन गरियो।
फोरमका प्रदेश-४ का सचिव कृष्ण रानाभाट लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको अध्यक्ष, संस्थाका शुभचिन्तक प्रकाश गुरुङ कालावाङ घरेडी होमस्टेको अध्यक्ष, सदस्य सन्तबहादुर गुरुङ युनिप्सको केन्द्रीय अध्यक्ष र सदस्य मीरा पौडेल मितेरी नारी समूह वैदामको अध्यक्ष भएकोमा प्रमाणपत्रसहितको बधाई ज्ञापन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, एशिया फोरमका केन्द्रीय अध्यक्ष निरज थापा र जिल्ला अध्यक्ष तिलक थापाले सम्मानपत्र, खादा र अवीर प्रदान गरी सम्मान गरेका थिए।
त्यस अवसरमा प्रमुख अतिथि बास्तोलाले आप्रवासीलाई व्यवस्थित गर्न र दिगो आर्थिक विकासका लागि गरेका कार्य उदाहरणीय भएको बताए।
फोरमका केन्द्रीय अध्यक्ष निरज थापाले संस्थाले सुकुम्वासी बस्तीमा विद्यालय, ग्रामीण क्षेत्रमा होमस्टे र सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्य गदै आएको जानकारी दिए।
समाजसेवी किरण गुरुङले एशिया फोरमको राम्रो उद्देश्य देखेर नै आफूले सहयोगको पहल गरेको बताइन्।
फोरमका जिल्ला अध्यक्ष तिलक थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती पौडेल रेग्मीले स्वागत तथा सचिव अम्बिका खड्का ढकालले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९