पोखरा, ५ जेठ । पोखराको ढुंगेसाँघुदेखि सीतापाइलासम्मको सडक क्षेत्रमा शनिबार बृहत् सरसफाइ कार्यक्रम भएको छ ।
पोखरामा जारी बृहत् सफाइ अभियानअन्तर्गत १०३ हप्ताको अभियानमा सो क्षेत्रमा भएको कार्यक्रममा झण्डै ६ टन फोहरमैला संकलन गरिएको अभियन्ता राजकुमारी थापाले बताइन् ।
कायृक्रममा प्रदेश ४ प्रहरी गण कार्यालयका नव आगन्तुक गणपति लालमणि आचार्यलाई अभियानका तर्फबाट वडा अध्यक्षहरु रामचन्द्र बराल, प्रकाश पौडेल, अभियन्ता शशी तुलाचन एवं राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष पण्डित कमलनयन गौतमले अबिरमालाद्वारा कार्यकालको पूर्ण सफलताको कामनासहित स्वागत गरेका थिए ।
यसैबीच, सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले वडा १५ र १७ का वडा अध्यक्षहरु प्रकाश पौडेल र तीर्थराज अधिकारीलाई ‘नेपालकै दुर्लभ प्राकृतिक सम्पदाका रुपमा रहेको ढुंगेसाँघुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै त्यसको उचित व्यवस्थापन र प्रचारप्रसारसँगै यस क्षेत्रको नियमित सरसफाइमा जुट्नेछु । साथै सामाजिक न्यायका आधारमा वडावासी नागरिकको सवोपरी हितमा लाग्नेछु । सेतीनदीको मापदण्डविपरीत निर्माण गरिएका संरचना यथाशीघ्र हटाउनेछु । विकासका बहानामा ऐतिहासिक चौतारी नष्ट गर्ने छैन’ भन्ने व्यहोराको प्रतिबद्धता वाचन सहित हस्ताक्षर गराएका थिए ।
यसपटकको सफाइ अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, परोपकार महासंघ बैदिक गुरुकुल विद्यालय, जानकी आधारभूत विद्यालय ढुंगेसाँघु बोर्र्डिङ स्कुल, सृजना बालगृह, अभियान क्लब महिला समूह, माछापुच्छे्र महिला क्लब, घारीपाटन आमा समूह, मितेरी नारी समूह, ड्यामसाइड टोल विकास संस्था, ढुंगेसाँघु सहकारी, समृद्धि महिला समूह (लुमन्ति-सीतापाइला), जागरण आमा समूह, समावेशी आमा समूह, नौलो घुम्ती नेपाल, सामाजिक अभियन्ताहरु लगायत स्थानीय संघसंस्था र वडाबासीहरुको उल्लेखनीय उपस्थिति रहेको अभियन्ता लोकदर्शन कोइरालाले जानकारी दिए ।
सफाइ अभियानका लागि मेरी प्रजनन् केन्द्र नागढुंगाले ५ प्याकेट डिस्पोजल ग्लोब र राष्ट्रिय परोपकार महासंघ नेपालका तर्फबाट पिउनेपानी उपलब्ध गराइसकेको थियो । कार्यक्रममा वडा अध्यक्ष तीर्थराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९