काठमाडौं, ३ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कतिपय नेता-कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ ।
काठमाडौंमा बिहीवार आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नयाँ पार्टीस्थापना भएको घोषणा गरेका हुन् ।
२००६ सालमा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब ७० वर्षअघि नेकपा घोषणा गर्दा ५ जना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने अहिले ४ सय ४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाएका थिए ।
पूर्वप्रधानमन्त्री नेपालले नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले भनेको ‘मेरा साना दुःखले आर्जेको मुलुक होइन’ भन्ने भनाइलाई सापट लिँदै एकता प्रक्रिया सानो दुःखले सहज बनेको होइन भन्ने धारणा राखे ।
सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को विषयलाई अगाडि बढाउन नयाँ पार्टीजिम्मेवारपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले जनताको भावनालाई बुझेर काम गर्नुपर्ने बताए । न्ोपालका कम्युनिष्ट पार्टीले सामन्तवादको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान दिएको बताए । उनले पार्टीहाइकमाण्ड, स्थायी समिति र केन्द्रीय समितिसमेत गठन गरिएको जानकारी दिए ।
गत असोज १७ गते दुर्इ पार्टीबीच छबुँदे सहमति भएर वाम गठबन्धन बनाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्रमार्फत दुवै दल अगाडि बढेका थिए । दुर्इ पार्टीले संयुक्त रुपमा अगाडि सारेको नीति, कार्यक्रम तथा योजनालाई कार्यान्वयन गर्न पार्टीपंक्तिले देखाएको तदारुकता र अनुशासनसमेत मननयोग्य रहेको नेता नेपालको भनाइ थियो ।
उनले युगीन घोषणाले राजनीतिक स्थायित्व र समृद्धिको बाटामा लैजान महत्वपूर्ण योगदान गरेको बताए । समाजवादोन्मुख संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक, रुपान्तरणको दिशामा अगाडि बढ्न मार्गप्रशस्त गरेको नेता नेपालको भनाइ थियो । नेकपाले शान्तिपूर्ण प्रतिष्पर्धा, मानवाधिकार र विधिको शासनलाई सम्मान गर्दै स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्र संघको मूल्यमान्यतालाई आत्मसात् गरी विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने नीति अख्तियार गर्नेछ ।
जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्दै जाने र पार्टीको निर्देशित सिद्धान्त मार्क्सवाद र लेनिनवाद रहने जानकारी दिँदै उनले राजनीतिक स्थायित्व र दिगो शान्ति कायम गर्दै राष्ट्रिय सुरक्षा र देशभक्तिलाई बढावा दिएर जाने नयाँ पार्टीले लक्ष्य राखेको जानकारी दिए । उनले एकताको महान् अभियानमा सहभागी हुन अरु कम्युनिष्ट पार्टीकाई पनि आहृवान गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जनार्दन शर्माले २० हजार ४ सय ४१ दिनपछि एकता प्रक्रिया सम्पन्न भएको जानकारी दिँदै सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गरिने उल्लेख गरे ।
यसैबीच, एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले बिहीवार नै सामूहिक रुपमा शपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकार्कालाई शपथ खुवाएपछि दुवै पार्टीका केन्द्रीय सदस्यलाई शपथ गराइयो । एकीकृत पार्टीको पहिलो केन्द्रीय समितिको बैठकमा पार्टीएकताको समग्र प्रक्रियाका बारेमा अध्यक्षद्वय ओली र दाहालले जानकारी दिए । एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहनेछ । सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन् । केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुनेछ । सो समितिमा एमालेका २ सय ४१ र माओवादी केन्द्रतर्फबाट २ सय जना सहभागी हुनेछन् । एकताको घोषणापछि काठमाडौं, रुपन्देही सहित जिल्लामा खुशीयालीमा दीपावली समेत गरिएको छ ।
यसैबीच, एकता गर्ने सहमतिपछि ओली र दाहालले निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । सो क्रममा प्रधानमन्त्री ओलीले भने, “दुर्इ पार्टीको फरक अस्तित्व समाप्त भयो, यो कानूनी हिसाबले पनि दर्ता हुनु जरुरी छ, अब हामी दुवै पार्टीविधिवत् रुपमा एउटै भएका छौँ ।” उनले दुवै पार्टीकाट संयुक्त रुपमा केन्द्रीय कमिटी गठन गरेर दर्ताको निवेदन आयोगमा लिएर आएको उल्लेख गरे । दाहालले पार्टीएकता गर्ने सहमति भएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढ्नका लागि दल दर्ता गर्न आएको बताए । नेता दाहालले भने, ‘नयाँ पार्टीको हैसियतले दल दर्ता गर्ने प्रयोजनका निम्ति आएको छौँ, आम जनताको विकास र समृद्धिको चाहना र जनताप्रति पार्टीएकता गर्ने प्रतिबद्धता इमान्दारपूर्वक पूरा गरेका छौँ ।’
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्र सफल पार्न धेरै दल हुनुभन्दा दलबीच पार्टीएकता हुनु मुलुकका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै आयोगका तर्फबाट बधाई दिए।
Related News
सम्बन्धित समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
दिगो ग्रामीण आमा समूह सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
hero news full width
मुख्य समाचार
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१फूलबारी मन्टेसरीको रजतजयन्ती
पौष २८, २०८१