प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताएका छन् ।पार्टीको घोषणा समारोहलाई सम्बोधन गर्दै उनले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको बताए ।
अध्यक्ष ओलीले (एमाले) र (माओवादी केन्द्र)बीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भन्दै एकता ऐतिहासिक र महत्वपूर्ण रहेको बताए ।एकता प्रक्रियाको महत्व र आवश्यकतालाई जोड दिँदै उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ बाँचिरहनुभएको भए आज खुशीले नाच्नुहुन्थ्यो ।’
अध्यक्ष ओलीले सबै तहका सरकार सही र प्रभावकारी नीति बनाएर अगाडि बढ्ने दृढता व्यक्त गर्दै ‘अब कोही कसैलाई पनि दोष दिएर उम्कने ठाउँ छैन, सही नीति तय गरेर देश निर्माण गर्ने अठोट गरेका छौ,’ भने । आगामी चुनावमा कम्तीमा तीन चौथाइ प्राप्त हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नयाँ पार्टीका दुर्इ वटा अध्यक्ष किन रहेको भन्ने सर्न्दर्भमा सुशासन र समृद्धिको यात्रा टयाम्पु चलाए जस्तो होइन, जेट इञ्जिनमा दुर्इ वटा इञ्जिन हुन्छन् र पाइलट पनि दुर्इ वटा नै हुन्छन् बताए ।
अध्यक्ष ओलीले समृद्धि, सुशासनको महाअभियान अगाडि बढाउन दुर्इ अध्यक्षले मिलेर काम गर्ने, विचार विमर्श गरी अगाडि बढ्ने संकल्प गरेको उल्लेख गर्दै जिन्दगीका खुशीका दिनमध्ये आजको दिन आफूलाई असाध्यै खुशी लागेको दिन रहेको धारणा व्यक्त गरे । लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनलाई वर्तमान अनुकूल परिस्थितिलाई सदुपयोग गरी नेपाललाई नयाँ युगमा लैजाने विश्वास व्यक्त गर्दै उनले सानातिना कम्युनिष्ट पार्टीका नाममा पसल खोलेर बस्ने जमाना सकिएको हुँदा बृहत् एकता प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै उनले अनावश्यक दम्भ नगर्न आग्रह गरे । आफूहरुलाई अहंकार देखाउन, दमन गर्न बहुमत चाहिएको नभई देश बनाउने जिम्मेवारी सालिनतापूर्वक निभाउन, भ्रष्टाचार रोक्न एकता र बहुमत चाहिएको स्पष्ट पार्दै उनले भने, “म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न, कानूनी राज, सुशासन लोकतान्त्रिक मूल्यमान्यता, आवधिक निर्वाचन, स्वतन्त्र न्यायालय कानूनको राज चलाउने हाम्रो प्रतिबद्धता छ, यसबाट कोही आत्तिनु पर्दैन ।”
उनले पार्टीएकता प्रक्रियामा सहभागी भएका सबै नेता तथा कार्यकर्तालाई क्षमता, योग्यता र सक्रियताका आधारमा जिम्मेवारी दिइने स्पष्ट पनि पारे ।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९