लमजुङ, ३ जेठ। दाङमा स्वतन्त्र पत्रकार संघ नेपालको नयाँ शाखा गठन भएको छ।
जिल्लाका क्रियाशील स्वतन्त्र पत्रकारको घोराहीमा भएकोे भेलाले साक्षी खबर साप्ताहिकका सम्पादक सुनिलकुमार पोखरेलको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको हो।
समिति उपाध्यक्षमा भुवन गौतम, सचिवमा जितसागर जीएम, कोषाध्यक्षमा अनिलकुमार शर्मा र सहसचिवमा सुशीला वली रहेका छन्। यसैगरी, सदस्यमा बंशीकुमार शर्मा, समीक्षा गाह रहेका छन्।
समिति गठनपछि नवनिर्वाचित अध्यक्ष पोखरेलले क्रियाशील पत्रकारको पेशागत तथा व्यक्तिगत सुरक्षाका साथै क्षमता र स्वाभिमान बढाउने कार्यमा स्वतन्त्र पत्रकार संघ नेपालले महत्वपूर्ण भूमिका खेल्ने बताए। सो भेलाले स्वतन्त्र पत्रकार संघको प्रदेशस्तरीय अधिवेशनका लागि दाङबाट सहभागी हुने निर्णय गरेको नवनिर्वाचित सचिव जितसागर जीएमले बताएका छन् ।
संघका महासचिव नवराज पहाडीको समन्वयमा आयोजना गरिएको भेलाको सहजीकरण सदस्य बंशीकुमार शर्माले गरेका थिए।
दाङ स्वतन्त्र पत्रकार संघको १५ औं जिल्ला शाखा हो । यसअघि कास्की, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, चितवन, नवलपरासी, रुपन्देही, अर्घखाँची, पाल्पा, मकवानपुर, बाँके र काठमाडौंमा शाखा गठन भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९